Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मुग्लिन–नारायणगढ सडकको पहिरो हटाउन शुरू: बेलुकासम्म खुलाउने योजना

मुग्लिन–नारायणगढ सडकको पहिरो हटाउन शुरू: बेलुकासम्म खुलाउने योजना

इच्छाकामना न्युज

८, आश्विन २०८२
मुग्लिन–नारायणगढ सडकको पहिरो हटाउन शुरू: बेलुकासम्म खुलाउने योजना

मुग्लिन । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै खसेको सुख्खा पहिरो हटाउन शुरू भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार बिहान सात बजेदेखि चार वटा मेसिन प्रयोग गरेर काम थालिएको छ । तर पहिरो ठूलो भएकाले पन्छाउन दिनभर लाग्ने अवस्था छ । सकेसम्म बेलुकासम्म खुलाउने योजनाका साथ काम थालिएको जिल्ला प्रहरी कार्यलय चितवनका सूचना अधिकारी खनालले जनाकारी दिनुभयो ।

images

पहिरोले सडक बन्द हुँदा यात्रु र चालकलाई वैकल्पिक सडक प्रयोग गर्न सडक डिभिजन कार्यालय भरतपुर, चितवनले अनुरोध गरेको छ । तुइन खोला पुल नजिकै हिजो बेलुका ठूलो पहिरो खसेपछि गाडीको आवतजावत पूर्णरूपमा बन्द छ । हिजो दिउँसोदेखि नै सडक बन्द भएकोमा बेलुका थप पहिरो खसेपछि यो सडक खुलाउन समय लाग्ने भएको हो । सडक तत्काल नखुल्ने भएकाले जिल्ला प्रशासन कार्यालय चितवनले यसअघि हिजो नै वैकल्पिक सडक प्रयोग गर्न सूचित गरेको थियो ।

वैकल्पिक सडकका रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको हकमा खैरेनीटारबाट वैकल्पिक मार्ग प्रयोग गर्न चितवन प्रशासनले अनुरोध गरेको हो । चितवनबाट काठमाण्डौ आउजाउ गर्नका लागि (साना गाडी मात्रै) चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ ।

त्यस्तै धादिङको नौबिसेबाट मकवानपुरको हेटौंडा निस्कने त्रिभुवन राजपथको बाटोलाई वैकल्पिक सडकको रूपमा प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ । यस्तै मकवानपुरको हेटौंडाबाट भैंसे, भीमफेदी, कुलेखानी, सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर काठमाण्डौ पुग्न सकिन्छ ।

हेटौंडा–काठमाण्डौ आउजाउ (ठूला गाडी मात्र) का लागि कान्ति लोकपथ प्रयोग  गर्न सकिनेछ । चितवनबाट पोखरा जानका लागि ठूला तथा साना दुवै गाडीले बुटवल हुँदै पोखरा जान सक्नेछन् । यसैगरी चितवनबाट कालीगण्डकी करिडोरको बाटो (सानो गाडी मात्रै) गैंडाकोट भिमाद हुँदै तनहुँ निस्कन सकिनेछ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो यात्रु र चालकले सास्ती भोगिरहेका छन् ।

images
प्रकाशित मिति :आश्विन ८, २०८२ बुधवार - ०८:३०:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology