Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

भोलिसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री महावीर पुनको चेतावनी

भोलिसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री महावीर पुनको चेतावनी

इच्छाकामना न्युज

११, आश्विन २०८२
भोलिसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री महावीर पुनको चेतावनी

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भोलि आइतबारसम्म सबै सामुदायिक विद्यालयका शिक्षकलाई तलब प्रदान गरिसक्न भनेका छन् । उनले शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयमा पठाइसकिएको जानकारी दिँदै शिक्षकको तलब निकासा नगरे त्यस्ता प्रधानाध्यापकलाई कारबाही गरिने चेतावनी दिएका हुन् ।

images

दशैँ तिहारको मुखमा पनि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले तलब निकासा गरिदिएनन् भने धेरै गुनासो आएको मन्त्री पुनले जनाएका छन् ।

‘भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकासा नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ’, मन्त्री पुनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

images
प्रकाशित मिति :आश्विन ११, २०८२ शनिवार - १०:३५:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology