Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

मुख्य सडकबाट मनकामना जाने ४ वटा सडकलाई अस्थायी रुट कायम, भाडादर तोक्ने तयारी हुदै

मुख्य सडकबाट मनकामना जाने ४ वटा सडकलाई अस्थायी रुट कायम, भाडादर तोक्ने तयारी हुदै

चित्र बहादुर गुरुङ

२१, फाल्गुण २०७७
मुख्य सडकबाट मनकामना जाने ४ वटा सडकलाई अस्थायी रुट कायम, भाडादर तोक्ने तयारी हुदै
images

गोरखा, २१ फागुन । अस्थायी मार्ग तथा भाडा निर्धारण समिति गोरखाको बैठकले मुख्य सडकबाट मनकामना जाने ४ वटा सडकलाई अस्थायी रुट कायम गरेको छ। गत माघ १५ गते बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो।

images
images

समितिको निर्णय अनुसार गोरखा–बुंकोट–नामजुङ–बतासे–तीनमाने–ताक्लुङ–मनकामना रुटको २८ किलोमिटर, आँबुखैरेनी–रामशाहघाट–बनौती–मनकामना रुटको १६ किलोमिटर, अबुवाँ–ढाँडबारी–मनकामना रुटको १४ किलोमिटर र नौ किलो–मनकामना रुटको १५ किलोमिटर कच्ची सडकमा अस्थायी रुट कायम गरेको छ। 

यी सडकहरुमा लामो समयदेखि गाडी चलेपनि रुट कायम गरिएको थिएन, जसका कारण यातायात व्यवसायीले मनमौजी यातायात सञ्चालन गर्ने भाडा लिने गरेको थियो। 

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको समितिमा सुरक्षा निकाय, सडक पूर्वाधारसँग सम्बन्धित कार्यालयका प्रमुख र प्रतिनिधी, यातायात व्यवसायी लगायत सदस्य रहन्छन्। समितिले सम्बन्धित पालिकाबाट प्राप्त सिफारिस समेतको आधारमा अस्थायी रुट कायम गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। समितिले मनकामना जाने ४ वटा सहित जिल्लाका ४३ वटा ग्रामिण सडकहरुमा एकैपटक अस्थायी रुट कायम गरेको हो।

यसैबिच समितिले अस्थायी रुट कायम गरेसँगै ती अस्थायी रुटहरुमा चल्ने यातायातको भाडादर समेत तोक्ने तयारी थालेको छ। यसका लागि समितिले सडकको दुरी सहित भाडादर प्रस्ताव गर्न जिल्ला पूर्वाधार विकास कार्यालयलाई जिम्मा दिने निर्णय गरेको छ। कार्यालयले भाडादर प्रस्ताव गरेपछि समितिले पारित गरेर अस्थायी रुट कायम भएका सबै सडकमा उक्त भाडादर लागु हुनेछ।

रुट कायम गरेका सडकहरु

rut.png

images
प्रकाशित मिति :फाल्गुण २१, २०७७ शुक्रवार - ०९:००:५४ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology