Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देवघाटधाममा विद्युतीय शवदाह गृह सञ्चालनमा

देवघाटधाममा विद्युतीय शवदाह गृह सञ्चालनमा

इच्छाकामना न्युज

२६, आश्विन २०८२
देवघाटधाममा विद्युतीय शवदाह गृह सञ्चालनमा

 देवघाट, असोज २६ गते । देवघाटधाममा विद्युतीय शवदाह गृह सञ्चालनमा आएको  छ । देवघाट क्षेत्र विकास समिति, तनहुँको अगुवाइमा सञ्चालनमा ल्याइएको हो ।

images

तनहुँ, चितवन र नवलपरासीसँगै देशका विभिन्न जिल्लाबाट दैनिक २० देखि ३० वटासम्म शव दाहसंस्कारका लागि देवघाट ल्याइने  पानी परेको बेला समस्या नहुने र छिटो चलाउन सकिने भएकाले विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याइएको समितिले जनाएको छ । समितिका अनुसार देवघाटमा दाहसंस्कार बढी हुने भएकाले दाउराबाट दाहसंस्कार गर्दा एकातिर वन फँडानी बढेको र अर्कोतिर नदीमा प्रदूषण भएकाले विद्युतीय शव गृह निर्माण गरिएको हो ।

सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई हालै हस्तान्तरण गरिएको छ ।  शवदाह भवन, मलामी प्रतिक्षालय, बसपार्क, टर्मिनल भवन र फुटपाथ निर्माण कार्य सम्पन्न भई भरतपुर महानगरको जिम्मा लगाइएको छ । शवदाह भवनमा पहिलो तलामा दुई शवदाह मेसिन, अफिस, प्रतीक्षालय र ‘मच्र्युरी’ कक्ष रहेका छन् । विद्युतीय शवदाह मेसिनले एक शव ९० मिनेटमा जलाउन सक्ने क्षमता राख्दछ ।  भवनमा शौचालय, स्नानघर र आवश्यक सुविधाहरू उपलब्ध छन् ।

आयोजनाका प्रमुख झपटबहादुर थापाका अनुसार, कुल लागत करिब ३३ करोड ८० लाख रुपियाँ लागेको यो आयोजना एक वर्षसम्म सञ्चालन र मर्मत–सम्भारमा सहयोग पाउनेछ । महानगरले आवश्यक जनशक्ति तालिमसहित सञ्चालन जिम्मेवारी सम्हाल्नेछ । कार्यक्रममा महानगर प्रमुख र उप–प्रमुखले विकास आयोजना प्रभावकारी र परिणाममुखी रहेको जनाउँदै, भविष्यमै नमूना शहरको अवधारणाअनुरूप शहरी पूर्वाधार विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

images
प्रकाशित मिति :आश्विन २६, २०८२ आइतवार - १३:०९:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology