मुग्लिन । हरेक वर्षको लक्ष्मीपूजाको दिन मुग्लिन बजारमा आयोजना हुदै आएको विभिन्न साँस्कृतिक कार्यक्रमहरुको भव्य संगम दीपावली साँझ यस वर्ष पनि हुने भएको छ । इच्छाकामना त्रिवेणी कलाकेन्द्रले हरेक वर्ष आयोजना गरेको यो कार्यक्रम यस वर्ष तेस्रो दीपावली साँझको रुपमा यहि कार्तिक ३ गते मुग्लिन बजारमा संचालन हुन लागेको हो ।
यस वर्षको कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरु अमर विरही गुरुङ, पृथ्वी गुरुङ, चन्द्र परियार, कहरसिंह थापा, कमल सापकोटा, गोविन्द रिजाल, सीता गुरुङ, सरिता गुरुङ, मन्जु गुरुङ लगायतका कलाकारहरुको प्रस्तुती रहनुका साथै देव आले, अनिशा गुरुङ, दिपेश आले लगायतका स्थानीय नृत्य कलाकारहरुको प्रस्तुती रहने इच्छाकामना त्रिवेणी कलाकेन्द्रका अध्यक्ष काजीमान थापाले जानकारी दिए ।