Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सहकारीको सूचना र सञ्चारसँग सम्बन्धबारे कार्यशाला सम्पन्न

सहकारीको सूचना र सञ्चारसँग सम्बन्धबारे कार्यशाला सम्पन्न

इच्छाकामना न्युज

२१, फाल्गुण २०७७
सहकारीको सूचना र सञ्चारसँग सम्बन्धबारे कार्यशाला सम्पन्न

नारायणगढ, फागुन २१ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड (नेफ्स्कून) चितवन फिल्ड अफिसको आयोजनामा सहकारीमा सूचना तथा सन्देश प्रवाह कार्यशला गोष्ठी शुक्रबार सम्पन्न भएको छ । चितवन र नवलपरासी जिल्लाका महिला बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक तथा सूचना अधिकारीको सहभागितामा कार्यशाला गोष्ठी गरिएको हो । ४० जना सहकारीकर्मी महिला सहभागी रहेका कार्यक्रमको सहजीकरण पत्रकार प्रतिमा सिलवालले गर्नुभएको थियो । गोष्ठीमा सहकारीले आफ्ना सूचना तथा सफलताका कथाहरु कसरी सञ्चारमाध्यमसम्म पुर्याउन सक्छन् र पत्रकारसँगको सम्बन्ध कसरी बढाउने भन्ने सम्बन्धमा छलफल भएको नेफ्स्कूनका सञ्चालक विद्या कोइरालाले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन कार्यक्रममा नेफ्स्कूनका उपाध्यक्ष शान्ती अधिकारीले महिलाले सञ्चालन गरेका सहकारी संस्थाहरुले उदाहरणीय कामहरु गरेका भएपनि उनीहरुले आफ्नो कार्यक्रमको प्रचार प्रसार गर्न नसकेको बताउनु भयो ।

images

images
प्रकाशित मिति :फाल्गुण २१, २०७७ शुक्रवार - १४:४४:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology