Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

पर्सि देखि मुग्लिन–नारायणगढ सडक एक हप्ता बन्द हुने

पर्सि देखि मुग्लिन–नारायणगढ सडक एक हप्ता बन्द हुने

दैनिक बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म बन्द

images

इच्छाकामना न्युज

२१, फाल्गुण २०७७
पर्सि देखि मुग्लिन–नारायणगढ सडक एक हप्ता बन्द हुने
images

मुग्लिन, २१ फागुन । पर्सि फागुन २३ गतेदेखि मुग्लिन–नारायणगढ सडक एक हप्ता बन्द हुने भएको छ। सडक मर्मतको लागि भन्दै उक्त सडकखण्ड दैनिक साढे चार घण्टा बन्द गर्न लागेको हो। 

सडकखण्ड अन्तरगतको चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चारकिलो डाडाको पहिरो रोकथामको आवश्यक बाँकी कामहरु सम्पन्न गर्नका लागि फागुन २३ गतेदेखि एक हप्ता बन्द गरि आयोजनाले काम गर्न लागेको छ। एक हप्ता सम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ः०० बजेसम्म उक्त स्थानमा दुइतर्फी सवारी आवागमन अवरुद्ध हुने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ। 

सो अवधि भर नारायणगढ तर्फबाट गएका सवारी साधनहरुलाई जलबिरे र मुग्लिन तर्फबाट आउने सवारी साधनलाई मुग्लिन नजिक शान्तिबजारमा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। साथै उक्त अवधिमा संभव भएसम्म वैकल्पिक सडकमार्गको प्रयोग गर्नुहुन समेत सम्पूर्ण सडक प्रयोगकर्ताहरुमा अनुरोध गरिएको छ।

images
प्रकाशित मिति :फाल्गुण २१, २०७७ शुक्रवार - १८:५३:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology