Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

महाराजगञ्ज वृत्तका प्रहरी हत्याको आरोपमा अर्का युवक गोरखा भच्चेकका सोम बहादुर गुरुङ पक्राउ

महाराजगञ्ज वृत्तका प्रहरी हत्याको आरोपमा अर्का युवक गोरखा भच्चेकका सोम बहादुर गुरुङ पक्राउ

इच्छाकामना न्युज

३, कार्तिक २०८२
महाराजगञ्ज वृत्तका प्रहरी हत्याको आरोपमा अर्का युवक गोरखा भच्चेकका सोम बहादुर गुरुङ पक्राउ

काठमाडौं। प्रहरी वृत्त महाराजगञ्जका दुई प्रहरीको हत्या आरोपमा प्रहरीले अर्का एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा भचेक गाउँपालिका-४ घर भई हाल काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्दै आएका सोमबहादुर गुरुङ रहेका छन्।

images

२१ वर्षीय गुरुङलाई सोमबार बिहान पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दानबहादुर कार्कीले बताए।

जेन-जी आन्दोलनका क्रममा २४ भदौमा वृत्तका प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, जवान उत्तम थापाको हत्या भएको थियो। कार्कीका अनुसार पक्राउ परेका गुरुङलाई वृत्त महाराजगञ्जमै राखेर अनुसन्धान थालिए छ।

यसअघि प्रहरी हत्या आरोपमा काभ्रेको रोशी गाउँपालिका ९, राजबासका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका ७, बतासेका २१ वर्षीय सोनाम तामाङ (बुद्धिलाल थिङ) लाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूविरूद्ध मुलुकी फौजदारी संहिता, दफा १७७ अनुसार ज्यान मार्ने कसुरमा जन्मकैदको सजाय मागदाबी गरी जिल्ला अदालतमा ३० असोजमा मुद्दा दायर गरिएको छ।

images
प्रकाशित मिति :कार्तिक ३, २०८२ सोमवार - १२:५०:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology