Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आज लक्ष्मि पूजाको दिन, मुग्लिनमा बृहत साँस्कृतिक कार्यक्रम सहित दीपावली साँझ हुदै

आज लक्ष्मि पूजाको दिन, मुग्लिनमा बृहत साँस्कृतिक कार्यक्रम सहित दीपावली साँझ हुदै

इच्छाकामना न्युज

३, कार्तिक २०८२
आज लक्ष्मि पूजाको दिन, मुग्लिनमा बृहत साँस्कृतिक कार्यक्रम सहित दीपावली साँझ हुदै

मुग्लिन । हरेक वर्षको लक्ष्मीपूजाको दिन मुग्लिन बजारमा आयोजना हुदै आएको विभिन्न साँस्कृतिक कार्यक्रमहरुको भव्य संगम दीपावली साँझ यस वर्ष पनि हुने भएको छ । इच्छाकामना त्रिवेणी कलाकेन्द्रले हरेक वर्ष आयोजना गरेको यो कार्यक्रम यस वर्ष तेस्रो दीपावली साँझको रुपमा यहि आज लक्ष्मिी पूजाको दिन कार्तिक ३ गते मुग्लिन बजारमा आयोजना हुदैछ । 

images

यस वर्षको कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरु अमर विरही गुरुङ, पृथ्वी गुरुङ, चन्द्र परियार, कहरसिंह थापा, कमल सापकोटा, गोविन्द रिजाल, सीता गुरुङ, सरिता गुरुङ, मन्जु गुरुङ लगायतका कलाकारहरुको प्रस्तुती रहनुका साथै देव आले, अनिशा गुरुङ, दिपेश आले लगायतका स्थानीय नृत्य कलाकारहरुको प्रस्तुती रहने इच्छाकामना त्रिवेणी कलाकेन्द्रका अध्यक्ष काजीमान थापाले जानकारी दिए । 

कार्यक्रमको इच्छाकामना न्युज डटकमले आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गर्दैछ ।

images
प्रकाशित मिति :कार्तिक ३, २०८२ सोमवार - १५:५६:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology