Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

छिम्केश्वरी–बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

छिम्केश्वरी–बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

इच्छाकामना न्युज

९, कार्तिक २०८२
छिम्केश्वरी–बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु
आँबुखैरेनी (तनहुँ), ९ कात्तिक — तनहुँ जिल्लाको आँबुखैरेनी हाटबजारस्थित पवित्र स्थलमा शनिबारदेखि छिम्केश्वरी–बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। महाभारत पर्वत श्रृङ्खलाको २१३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको बृहत्तर विकासका लागि आयोजना गरिएको उक्त महायज्ञ आगामी कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ।
महायज्ञको उद्घाटन एक भव्य समारोहका बीच आँबुखैरेनी निवासी १०२ वर्षीया वयोवृद्ध जेष्ठ नागरिक मिना कुमारी मिश्रले गर्नुभयो। उद्घाटन समारोहमा उहाँले पवित्र श्लोक वाचन पनि गर्नुभएको थियो।
महायज्ञमा वाचन प्रविण पण्डित श्री दिनबन्धु पोखरेलको मुखारविन्दबाट श्रीमद्भागवत वाचन तथा ज्ञानगङ्गा प्रवाह भइरहेको छ।
महायज्ञ छिम्केश्वरी–बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मूल समारोह समिति, छिम्केश्वरी पर्यटन विकास समिति, मन्दिर संरक्षण समिति र आँबुखैरेनी गाउँपालिकाको संरक्षकत्वमा आयोजना गरिएको हो।
उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष शुक्र चुमान, निवर्तमान अध्यक्ष गिरबहादुर थापा, संयोजक कृष्णमान तामाङ र महासचिव केशर बहादुर के.सी. लगायतका वक्ताले मन्तव्य राखेका थिए।
उनीहरूले महायज्ञले छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन विकासमा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गर्दै सबैलाई सहयोग र सहभागिताको लागि आग्रह गरे।
महायज्ञ मूल समारोह समितिका संयोजक कृष्णमान तामाङका अनुसार, यस महायज्ञबाट करिब १० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ भने ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
महायज्ञको पहिलो दिन शनिबार ५८ हजार ७७० रुपैयाँ नगद, १५ हजार रुपैयाँ फोन–पे मार्फत, र ६ हजार ८० रुपैयाँ भेटी स्वरूप संकलन भएको आर्थिक संयोजक मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो।
महायज्ञ अवधिभर पितृ उद्धारार्थ वैदिक कर्म, धान्याञ्चल, तुलादान, विवाह–ब्रतबन्ध, ग्रहशान्ति पूजन लगायतका धार्मिक कार्यहरू सम्पन्न हुनेछन्।
यसका साथै तामा, पित्तल, ढोलक जस्ता पुराना धार्मिक सामाग्रीहरू तथा धान, चामल, पिठो, घ्यू, खाद्यान्न लगायतका अन्न दान पनि स्वीकार गरिने बताइएको छ।
स्थानीयवासीहरूका अनुसार, यस महायज्ञले छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ।

images
प्रकाशित मिति :कार्तिक ९, २०८२ आइतवार - ०९:४२:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology