Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन 

प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन 

इच्छाकामना न्युज

२१, फाल्गुण २०७७
प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन 
images

काठमाण्डौ, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । सिंहदरबारमा जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको आजको बैठकले विधिवत रुपमा संसदीय दलको नेता परिर्वतन गरेको हो ।

images
images

संसदीय दलको नेता चयन भएपछि प्रचण्डले सबै सांसदहरुलाई धन्यवाद दिनुभएको छ । बैठकअघि प्रचण्ड–नेपाल पक्षले आफू पक्षीय सांसद्हरुको हस्ताक्षर सङ्कलन समेत गरेको थियो । नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको उनीहरुको दाबी छ । आज ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको नेताहरुले दाबी गरेका छन् । ओली पक्षले पनि आफुहरुको पक्षमा बहुत सांसद रहेको दाबी गर्दै आएका छन् । दुबै पक्षले आफ्नो पक्षमा बुमत रहेको दाबी गरिरहेका बेला आधिकारिक रुपमा कसको पक्षमा कति सांसद छन् भन्ने बारेमा औपचारिक सङ्ख्या आइसकेको छैन । प्रतिनिधिसभामा नेकपाका १७३ सांसदहरु रहेका छन् ।

यसैबीच,नेकपा प्रचण्ड–नेपाल समूहले नेकपाको अधिकारिकता विवाद अविलम्ब निरुपण गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको पाँच पृष्ठ लामो पत्र लिएर राजेन्द्र पाण्डेसहितका नेताहरु आयोग पुगेका थिए । तत्काल विवाद निरुपणसम्बन्धी प्रक्रिया सुरु गर्न भनेर निवेदन दिएको पाण्डेले बताउनुभयो । जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पर्सि आइतबार आयोगको बैठक बस्ने र त्यही दिनबाट प्रक्रिया सुरु गर्ने आश्वासन दिएको पाण्डेले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :फाल्गुण २१, २०७७ शुक्रवार - १९:१९:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology