Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

तीन हप्तादेखि वेपत्ता मनकामनाका कालुराम देवघाटको जङ्गलमा मृत फेला

तीन हप्तादेखि वेपत्ता मनकामनाका कालुराम देवघाटको जङ्गलमा मृत फेला

images

इच्छाकामना न्युज

१२, कार्तिक २०८२
तीन हप्तादेखि वेपत्ता मनकामनाका कालुराम देवघाटको जङ्गलमा मृत फेला
images

चितवन । तीन हप्तादेखि सम्पर्कबिहिन मनकामनाका कालुराम भनिने सूर्यबहादुर थापा देवघाटको जङ्गलमा मृत अबस्थामा फेला पारेका छन् । सहिदलखन गाउँपालिका वडा नं २ मनकामना कोटगाउँका ३५ वर्षका थापा आइतबार भरतपुर महानगरपालिका १ देवघाटस्थित सतनचुली सामुदायिक वनमा मृत फेला परेका चितवन प्रहरीले जनाएको छ ।

मनकामना जीर्णोद्वार समितिमा कार्यरत थापा गत असोज १९ गते बिहान घरबाट अफिस जान्छु भनेर हिँडेका र त्यसयता सम्पर्कबिहिन बनेका उनका आफन्तहरुले बताएका छन् ।

कालुराम थापाको शव आइतबार दिउँसो १२ बजे प्लास्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

images
प्रकाशित मिति :कार्तिक १२, २०८२ बुधवार - ०७:५२:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology