Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

मुग्लिन-नारायणगढ सडकखण्डमा ढुङ्गा झर्न रोकिएन, यात्रामा सावधानी अपनाउन आग्रह

मुग्लिन-नारायणगढ सडकखण्डमा ढुङ्गा झर्न रोकिएन, यात्रामा सावधानी अपनाउन आग्रह

इच्छाकामना न्युज

१५, कार्तिक २०८२
मुग्लिन-नारायणगढ सडकखण्डमा ढुङ्गा झर्न रोकिएन, यात्रामा सावधानी अपनाउन आग्रह
images

मुग्लिन। मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोला पुल र काली खोला नजिकै सामान्य रूपमा ससाना ढुङ्गाहरू खस्ने क्रम रोकिएको छैन। यात्रु तथा चालकलाई सावधानी अपनाउन सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ।

images
images

कार्यालयका अनुसार तुईन खोला पुल र काली खोला नजिकका पहाडी भागबाट समय–समयमा ढुंगा खस्ने घटना भइरहेको छ। खसेका ढुंगाहरूलाई मेशिनको सहायताले हटाउने कार्य नियमित रूपमा भइरहेको सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए।

सडक डिभिजन भरतपुर मेशिनको प्रयोग गरी स(साना पहिरो पन्छाउँदै सडक आवागमन खुलाइएको जानकारी दिएको छ। वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ।

images
प्रकाशित मिति :कार्तिक १५, २०८२ शनिवार - १०:२०:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology