आँबुखैरेनी (तनहुँ)। प्रतिकुल मौसमका कारण छिम्केश्वरी – बुढी देवी माई श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ २ दिन थप गरिएको छ । महायज्ञको समापन कार्यक्रम यही कार्तिक १७ गते सोमबार तय गरिएको हो l
तनहुँ जिल्लाको आँबुखैरेनी हाटबजारस्थित पवित्र स्थलमा गत शनिबारदेखि सुरु भएको छिम्केश्वरी–बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको छैटो दिन सम्म एक करोड ६० लाख रुपैयाँभन्दा बढी दान संकलन भएको छ। विभिन्न संघसंस्था र व्यक्तिहरूबाट प्राप्त सहयोगमार्फत हालसम्म डेढ करोड रुपैयाँभन्दा बढी दान रकम संकलन भएको संयोजक कृष्णमान तामाङले जानकारी दिए। उनका अनुसार महायज्ञ छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन विकासका लागि आयोजना गरिएको हो।
महाभारत पर्वत श्रृङ्खलाको २१३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी–५ स्थित मन्दिर क्षेत्रको समग्र विकासका लागि करिब १० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। महायज्ञ सञ्चालनका क्रममा करिब ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। महायज्ञमा वाचन प्रविण पण्डित श्री दिनबन्धु पोखरेलले श्रीमद्भागवत वाचन गर्दै ज्ञानगङ्गा प्रवाह गरिरहेका छन्। महायज्ञ अवधिभर पितृ उद्धार, वैदिक कर्म, धान्याञ्चल, तुलादान, विवाह–ब्रतबन्ध, ग्रहशान्ति पूजन लगायतका धार्मिक कार्यहरू सम्पन्न हुनेछन्।
त्यस्तै तामा, पित्तल, ढोलक, अन्न, खाद्यान्न तथा अन्य धार्मिक सामग्रीको दान पनि स्वीकार गरिनेछ। आयोजक समितिका अनुसार यस महायज्ञले छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास लिइएको छ।