Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

त्रिशूली नदी किनारमा नो ¥याफ्टिङको बोर्ड राखेर पर्यटक तर्साउदै ब्ल्यू इनर्जी हाईड्रो, नाराको विरोध

त्रिशूली नदी किनारमा नो ¥याफ्टिङको बोर्ड राखेर पर्यटक तर्साउदै ब्ल्यू इनर्जी हाईड्रो, नाराको विरोध

इच्छाकामना न्युज

१८, कार्तिक २०८२
त्रिशूली नदी किनारमा नो ¥याफ्टिङको बोर्ड राखेर पर्यटक तर्साउदै ब्ल्यू इनर्जी हाईड्रो, नाराको विरोध
images

कुरिनटार । नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा)ले  त्रिशूली नदी किनारमा  राखिएका होर्डिङ बोर्डहरु हटाउन माग गरेका  छन् । पछिल्लो समय  विभिन्न नदी तथा खोलामा  अवरोध सिर्जना गर्ने गरी राखिएका साइनबोर्डहरूका कारण राफ्टिङ  मार्गमा समस्या उत्पन्न भएकोले  होर्डिङ बोर्डहरु हटाउन माग गरेका हुन् ।  

images
images

हाइड्रो पावर कम्पनीहरुले राफ्टिङका लागि जोखिम क्षेत्र भनेर बोर्ड राख्दा राफ्टिङ व्यवसायमा असर पुगेको नाराको भनाई छ ।  नाराका तर्फबाट ती बोर्डहरू हटाउने पहल जारी रहेका र सम्बन्धित निकायहरूसँग आवश्यक समन्वयका साथै स्थलगत निरीक्षणको प्रक्रिया अगाडि बढाइएको जनाएको छ । 

नदीको स्वाभाविक बहाव जोगाउँदै सुरक्षित र व्यवस्थित राफ्टिङ वातावरण सुनिश्चित गर्नु नाराको उदेश्यको रहको जनाएको छ ।  पछिल्लो समय त्रिशूली नदीमा  ब्लु इनर्जीले होर्डिङ बोर्ड राखेका  छन् । चितवनको चुमखोला  र गोरखा गण्डकी बुटारस्थित  त्रिशूली नदीमा सुपर त्रिशूली हाइड्रो पावर निर्माण भइरहेको छ । सो क्षेत्र आसपास  राफ्टिङका लागि जोखिम क्षेत्र भनेर  करिब ४ कि.मि. सम्म निर्माण कम्पनी ब्लु इनर्जीले होर्डिङ बोर्डहरु राखेका छन् ।

images
प्रकाशित मिति :कार्तिक १८, २०८२ मंगलवार - २१:२९:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology