Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आईसीसी विश्वकप लिग : आज नेपाल र युएई भिड्दै

आईसीसी विश्वकप लिग : आज नेपाल र युएई भिड्दै

इच्छाकामना न्युज

१९, कार्तिक २०८२
आईसीसी विश्वकप लिग : आज नेपाल र युएई भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र युएइ खेल्दैछन् । दुबईस्थित आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुदैछ । 

images

यस सिरिजमा नेपालले यसअघि खेलेका तिनै खेलमा हार बेहोरेको छ भने युएईले ३ खेलमा एक जित र २ हर बेहोरेको छ । युएईले नेपाललाई पराजित गरेको थियो । नेपाल र यूएईले हालसम्म एकदिवसीय खेलमा एक अर्काविरूद्ध १६ खेल खेलेका छन्, जसमा नेपालले ९ खेल जितेको छ भने युएईले ७ खेल जितेको छ ।

नेपाल हाल विश्वकप लिग-२ को अंक तालिकामा सातौं स्थानमा छ । १९ खेलमा ५ जित र १२ हारसहित नेपालको १२ अंक छ । त्यस्तै १९ खेल खेलेको युएईको केबल ८ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।

यस सिरिजका लागि छानिएको नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), असिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल कुमार शाह, सोमपाल कामी, आरिफ सेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित राजबंशी रहेका छन् ।

images
प्रकाशित मिति :कार्तिक १९, २०८२ बुधवार - ०९:१२:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology