Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पर्यटकीय आकर्षणको केन्द्र बन्दै चौकीडाँडा

पर्यटकीय आकर्षणको केन्द्र बन्दै चौकीडाँडा

पत्रपत्रिका

२२, कार्तिक २०८२
पर्यटकीय आकर्षणको केन्द्र बन्दै चौकीडाँडा

चितवन। भरतपुर चौकीडाँडा पर्यटनको नयाँ आकर्षणको केन्द्र बन्दै गएको छ । नारायणगढ भरतपुरको व्यस्त कोलाहलबाट केही किलोमिटर पर शान्त र चिसो वातावरण रहेको चौकीडाँडाबाट हिमशृङ्खलासहित तराईको समथर भूभाग देखिने भएपछि यहाँ आउने पर्यटकको भिड लाग्ने गरेको हो । 

images

गर्मीले सताएको समयमा यहाँ शीतलताको अनुभव गर्न सकिन्छ । मनोरम स्थान भएकैले भरतपुर महानगरपालिकाले पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गरेको छ । महानगरपालिकाको वडा नंं. २९ मा रहेको यो स्थानबाट गणेश, मनासलु, अन्नपूर्ण, माछापुच्छ«े र धवलागिरि हिमाल देख्न सकिन्छ । पर्यटनविज्ञ डा. विश्व सुवेदीले भन्नुभयो, “यो भरतपुरको लुकेको स्थान हो । महानगरपालिकाले नयाँ गन्तव्यका रूपमा प्रचारप्रसार र केही पूर्वाधारमा लगानी गरेपछि अहिले यहाँ आउनेको सङ्ख्या वृद्धि भएको छ ।”

चौकीडाँडा नारायणगढबाट २५ किलोमिटर उत्तरमा पर्छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भन्नुभयो, “हिमाल, पहाड र तराई एकै ठाउँबाट देखिने यो स्थान महानगरको एउटा महìवपूर्ण गन्तव्य हो । यहाँ पर्यटकलाई आकर्षक पार्ने संरचना निर्माण, सूचना केन्द्र, प्रचारप्रसारलगायतको काम महानगरले गर्ने गर्छ ।” 

यहाँ कटेज, साना प्रकारका होटेल तथा पाहुना घर निर्माण भएका छन् । सुन्तला राम्रो फल्ने भएकाले व्यावसायिक रूपमा खेती पनि गरिएको छ । सुन्तला खेतीसहित रिसोर्ट सञ्चालक होमनाथ न्यौपानेले भन्नुभयो, “दिनभरि कार्यालयको काम सकेर बेलुका नजिकैबाट हिमाल हेर्दै चिसो मौसममा बस्न चाहनेका लागि चौकीडाँडा उपयुक्त गन्तव्य भएको छ ।” 

पर्याप्त मात्रामा सुविधा सम्पन्न होटेल तथा रिसोर्ट सञ्चालन नहुँदा यहाँ भएका साना रिसोर्टमा पर्यटक बस्दै आएका छन् । नारायणगढ भरतपुरका व्यापारीले यस क्षेत्रको जमिन खरिद गरेर राखे पनि पूर्वाधार निर्माण नगर्दा भने धेरै सुविधायुक्त आवास भने निर्माण हुन नसकेको हो । होटेल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुकेले भन्नुभयो, “यसलाई भरतपुरको इलामका रूपमा लिन सकिन्छ । त्यसैले यस ठाउँलाई त्यही अनुसार विकास गर्न जरुरी छ ।” अध्यक्ष चुकेले भन्नुभयो, “यहाँ बाह्रैै महिना सिरक ओढेर सुत्नु पर्छ । पर्याप्त पूर्वाधार र सुविधायुक्त आवास निर्माण गर्न सकेमा सौराहा आएका पर्यटक यहाँ ल्याउन सकिन्छ ।” 

पर्यटन व्यवसायी कल्याण जोशीले भन्नुभयो, “यहाँबाट हिमालदेखि नारायणगढ, नवलपरासी, देवघाटसम्मको दृश्य देखिन्छ तर सरकारको ध्यान कम गएकाले पर्यटकीय विकास सुस्त गतिमा भएको छ ।”  साँझपख नारायणगढ, भरतपुर, पूर्वी चितवन, गैँडाकोटमा बलेका बत्तीको आकर्षक दृश्यले मोहित पार्छ । यहाँबाट प्याराग्लाइडिङसमेत सञ्चालन हुँदै आएको छ । भोर्ले–चौकीडाँडा हुँदै जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीबाट मकवानपुर जाने सडक निर्माण भइरहेको छ ।  गोर्खापत्रबाट

images
प्रकाशित मिति :कार्तिक २२, २०८२ शनिवार - ०८:२४:३९ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology