विवाहको उत्सव चलिरहेको घरमा अचानक शोक निम्तिनु, त्यो पनि बेहुलाकै मृत्युको शोक– दाम्पत्य जीवनमा भर्खरै प्रवेश गरेकी एक महिलाका लागि योभन्दा ठुलो दुर्भाग्य के हुन सक्ला र !
भारतको उत्तर प्रदेश राज्यको अमरोहामा यस्तै एक घटना प्रकाशमा आएको छ । ३८ वर्षीय गुड्डु उर्फ परवेज आलमले शनिबारमात्र घरमा बेहुली भित्र्याएका थिए । जामा मस्जिद रोडमा पुस्तकको पसल सञ्चालन गर्दै आएका परवेजका आमा–बुवा र दाजुको यसअघि नै मृत्यु भइसकेको थियो । परिवारमा परवेज र उनका भाइमात्र थिए ।
परवेजले सायमा नाम गरेकी युवतीसँग विवाह गरेका थिए । शनिबार राति १ बजे विवाहको कार्यक्रम सकेर बेहुलीसहित परवेज घर फर्किएका थिए । करिब दुई बजे राति परवेजको स्वास्थ्यमा समस्या देखियो ।