Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

सर्वोच्च अदालतमा आजदेखि सबै प्रकारका मुद्दाको सुनुवाइ हुने

सर्वोच्च अदालतमा आजदेखि सबै प्रकारका मुद्दाको सुनुवाइ हुने

इच्छाकामना न्युज

१, मंसिर २०८२
सर्वोच्च अदालतमा आजदेखि सबै प्रकारका मुद्दाको सुनुवाइ हुने
images

काठमाण्डौ । जेन जी आन्दोलनमा आगजनीपछि ध्वस्त भएको सर्वोच्च अदालतले सोमबारदेखि सबै प्रकारका मुद्दामा सुनुवाइ गर्न लागेको छ । भदौ २४ गते जेन जी आन्दोलनको दुई महिनापछि सर्वोच्चको सेवा पूर्ण रूपमा सञ्चालन हुन लागेको हो ।

images
images

सामान्य मर्मतसम्हारपछि सोमबारदेखि सबै प्रकारका मुद्दामा सुनुवाइ गर्ने अदालतले जनाएको छ । आन्दोलनमा सर्वोच्चको भवन र मिसिलहरू जलेपछि मुद्दा प्रभावित हुँदै आएको थियो ।

यसबिचमा बन्दी प्रत्यक्षीकरण र रिटसम्बन्धी निवेदनमा मात्र सुनुवाइ हुँदै आएको थियो । सोमबारदेखि सबै प्रकारका मुद्दाको पेसी तोकेर नियमित सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

नियमित सुनुवाइ गर्ने भनिए पनि सर्वोच्चको एनेक्स भवनमा पाँचवटा मात्र इजलास छन् । कर्मचारी बस्न ठाउँसमेत अभाव छ । केही महिना थोरै मात्र मुद्दा हुने भएकाले पाँचवटा इजलासबाटै काम गर्न सकिने सर्वोच्चको भनाइ छ ।

धेरै मुद्दाको मिसिल जलेकाले पुनः प्राप्त गर्न समय लाग्ने भएकाले सुनुवाइ हुने मुद्दाको संख्या पनि कम हुने छ । सर्वोच्चमा रहेका २४ हजार दुई सय मुद्दामध्ये करिब २० हजार मुद्दाका मिसिल जलेका छन् । ती मिसिल पुनः प्राप्त गर्न समय लाग्ने भएकाले अन्य चार हजार मुद्दा तथा नयाँ मुद्दामा सर्वोच्चले सुनुवाइ अघि बढाउनेछ ।

सर्वोच्चले २४ भदौदेखि २० कात्तिकसम्मको अवधिलाई हदम्याद, म्याद र तारेखको अवधिका रूपमा गणना नगरिने र १ मंसिरदेखि ३० दिनसम्म तारेख थामिने भन्दै सूचना जारी गरिसकेको छ ।

images
प्रकाशित मिति :मंसिर १, २०८२ सोमवार - ०८:३९:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology