Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इच्छाकामनाको सिराईचुलीमा चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न

इच्छाकामनाको सिराईचुलीमा चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न

इच्छाकामना न्युज

३, मंसिर २०८२
इच्छाकामनाको सिराईचुलीमा चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न

सिराइचुली ।  चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला–कौशल कार्यशाला सम्पन्न भएकाे छ । दुर्गम वस्तीसम्म पुगेर समुदायलाई सहयोग गर्दै यात्रा गर्ने अवधारणाबाट चितवनको सिराइचुलीमा रहेकाे जीवन ज्योति आधारभूत  विद्यालयमा चेपाङ समुदायका बालबालिकाहरुका लागि वान्डरिङ ट्रेल एड्भेन्चर (Wandering Trail Adventure)कम्पनीकाे सहकार्यमा आँखा शिविर तथा कला–कौशल कार्यशाला सम्पन्न भएकाे हाे ।  

images

chepang-eye-camp--1763448920.jpg

नेपालमा सेवा र साहसिक यात्रालाई संयोजन गर्न 'ट्राभल विथ परपाेज ' (Travel with Purpose ) नयाँ शैलीको पर्यटन विकास गर्ने उद्देश्यसहित वान्डरिङ ट्रेल एड्भेन्चर कम्पनीले  Siddhartha Vanasthali Institute, Project Uddeshya, Escapade Nepal, Shreeban Nature Camp, Galaxy Mattress and Seeing Hands Nepal  स‌ंस्थाहरुबाट  स्राेत जुटाएर आयोजना गरेको हाे । 

4827ca9a-4ce8-4177-80b2-d312c3bfab2e.jpeg

स्वास्थ्य, पोषण, दृष्टि समस्या वा सिकाइ सामग्रीको अभावका कारण विद्यार्थीको सिकाइ–स्तर कमजोर हुनु, कला, खेलकुद, जीवन–कौशल जस्ता क्षेत्रहरूलाई अझै सीमित प्राथमिकता मिल्नु, जस्ता समस्याले शिक्षामा असमानता बढाइरहेको छ।

जीवन ज्योति आधारभूत विद्यालयका चेपाङ बालबालिकाको अवस्थालाई मध्यनजर गर्दै प्रत्यक्ष रूपमा स्वास्थ्य, कला र शिक्षा–सम्बन्धी सहयोग उपलब्ध गराएकाे चित्रकार सुजन बुढाथोकीले बताएका छन्  ।  यस कार्यक्रमले सहभागी तथा स्थानीय दुवैलाई अर्थपूर्ण अनुभव प्रदान गरेको आयाेजककाे भनाइ छ । 

chepang-student-eye-camp-1763449203.jpg
विद्यार्थीले दृष्टि समस्याका कारण सिकाइमा कठिनाइ भोगिरहेका हुन्छन्। कर्मयोगलाई प्राथमिकता दिने यस अभियानमार्फत चेपाङ बालबालिकालाई आँखा स्वास्थ्य परीक्षण पनि ग‍रेकाे छ । आयाेजकका अनुसार तिलग‌ंगा आँखा अस्पतालकी  अफ्थाल्मिक अफिसर मनिषा थापा को नेतृत्वमा भएकाे आँखा शिविरले दृष्टिदोष, एलर्जी, संक्रमण, कम दृष्टि जस्ता समस्याहरूको पहिचान गरी उपचार सिफारिस गरेकाे छ ।

6d787cfb-8f2a-4448-99c5-89a5e8ae060c.jpeg

पाठ्यक्रमभन्दा परको शिक्षा नेपालको शिक्षण प्रणालीमा बिरलै छन् ।  विद्यालयमा कला, सिर्जनात्मकता र सह–शैक्षिक गतिविधि अक्सर सीमित देखिन्छन् ।तर सृजनात्मक अभिव्यक्ति बालबालिकाको भावनात्मक, बौद्धिक र सामाजिक विकासको अत्यन्तै महत्वपूर्ण आधार हो। यही क्रमलाई ताेड्न सिद्धार्थ वनस्थली इन्स्टिट्युटका कला प्रशिक्षक चित्रकार सुजन बुढाथोकी तथा निलुता राजभण्डारीले चेपाङ बालबालिकालाई चित्रकला र सिर्जनात्मक सीप सिकाएर आत्मविश्वास विकास, दृश्य–शिक्षा क्षमता, कल्पनाशक्ति, मनोवैज्ञानिक स्फूर्ति जस्ता क्षेत्रमा ठूलो योगदान दिएका छन् ।

chepang-student-1763448976.jpg

 घुम्न जाने मात्र हाेइन तर त्यहाँकाे परिवेशमा घुलमिल हुँदै चेतना र सहयाेगकाे पहुँच पुर्याउन हरेक पर्यटकले महत्वपूर्ण याेगदान दिन सकिन्छ ।  सिराइचुलीको यो कार्यक्रम एउटा स्पष्ट उदाहरण बनेकाे छ ।

सामाजिक उद्यमि 'सिइङ ह्यान्ड्स नेपाल' (Seeing Hands Nepal) का संस्थापक चिरञ्जीवी पौडेल हालै सम्पन्न 'वर्ल्ड ब्लाइन्ड आइडल २०२५' World Blind Idol पनि कार्यक्रममा सहभागी मध्य एक थिए। काठमाडौंमा क्लिनिकहरू सञ्चालन गर्ने सिइङ ह्यान्ड्स नेपालमार्फत श्री पौडेलले २५ जना दृष्टिविहीन व्यक्तिहरूलाई मसाज थेरापीमा तालिम र‌ १५ जना दृष्टिविहीन व्यक्तिहरूलाई रोजगारीका अवसरहरू प्रदान गर्नुहुन्छ।

images
प्रकाशित मिति :मंसिर ३, २०८२ बुधवार - १३:००:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology