पोखरा, २६ असोज
धादिङका एक यवकको पोखराको फेवातालमा डुबेर ज्यान गएको छ। सोमबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ९ घर भएका २२ वर्षीय सुरज नगरकोटीको ज्यान गएको हो।
पोखरा महानगरपालिका वडा नं. १८, खपौदी स्थित फेवातालमा पौडी खेल्न ३ जना साथीसहित तालमा पसेका सुरज बाहिर निस्कन सकेनन्। उनी डुबेपछि सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाली सेनाको टोली र बैदामसहितको नेपाल प्रहरीको टोली उद्धारमा जुटेका थिए तर, उनलाई जिवितै निकाल्न सकिएन। विगत ५ वर्षदेखि पोखरा रंगशालामा काम गर्दै आएका सुरजले गत वर्ष मात्र बिहे गरेका थिए । उनको घरमा सानी छोरी मात्र रहेको भन्दै उनका साथी गोविन्द नेपाली घटनास्थलमै भक्कानिएका थिए।