काठमाण्डौ । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आज पनि एउटामात्रै खेल हुने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अपरान्ह ४ बजेदेखि सुरुहुने खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने छ ।
चितवनले आफ्नो पहिलो खेलमा कर्णाली याक्समाथि जित दर्ता गर्दै शानदार सुरुआत गरेको छ ।
यता, लुम्बिनी लायन्सको भने आज पहिलो खेल हो । चितवन कुशल मल्लको कप्तानीमा मैदान उत्रिँदा लुम्बिनीको कप्तानी राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलले गर्ने छन् ।
पहिलो संस्करणमा भने लुम्बिनीले चितवनमाथि ३३ रनको जित दर्ता गरेको थियो । चितवन लगातार दोस्रो जितका साथ अघि बढ्ने लक्ष्यमा रहँदा लुम्बिनी पनि सुखद सुरुआतको पक्षमा हुने छ ।