Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

विवाहपञ्चमीको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै

विवाहपञ्चमीको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै

इच्छाकामना न्युज

५, मंसिर २०८२
विवाहपञ्चमीको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै

जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज जनकपुरधाममा फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा भगवान् राम र लक्ष्मणको स्वरुपमा सजिएकाहरुलाई पुष्पबाटिकामा घुमाउने चलन छ, जहाँ राम–जानकीको पहिलो भेट भएको किम्वदन्ती छ ।

images

आज साँझ जानकी मन्दिर छेउको विवाहमण्डपस्थित फूलबारीमा राम र लक्ष्मणको अवलोकन गराइने कार्यक्रम छ । यस अवसरमा राम, लक्ष्मण र जानकीका स्वरूपमा सिँगारिएका बालबालिकालाई फूलबारीमा घुमाउने परम्परा छ ।

त्रेता युगमा गुरु विश्वामित्रसँग धनुष यज्ञमा सहभागी हुन अयोध्याबाट जनकपुर आएका राम र लक्ष्मण फूलबारी घुम्न पुगेका बेला राम र सीताको पहिलो नजर भेट भएको थियो । यही क्षणबाट एक–अर्काप्रतिको आकर्षण सुरु भएको र जानकीले राम जस्तै बर पाउने कामना गरेको जनकी मन्दिरका सहमहन्त रामरोशन दास बताउँछन् ।

बिहीबार महोत्सवको पहिलो दिन राम र लक्ष्मणलाई जानकी मन्दिर परिसरमा नगरदर्शन गराइएको थियो । भोलि बिहीबार तिलकोत्सव मनाइने कार्यक्रम रहेको छ ।

त्रेता युगमा सम्पन्न मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको दिव्य विवाहको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष धुमधामका साथ विवाहपञ्चमी पर्व मनाइन्छ । मंसिर ४ गतेबाट सुरु भएको यस वर्षको महोत्सव मंसिर ११ गतेसम्म चल्नेछ ।

भोलि शनिबार धनुष यज्ञ, मंसिर ७ गते तिलकोत्सव, मंसिर ८ गते राम–जानकी मटकोर र मंसिर ९ गते मुख्य विवाहपञ्चमी कार्यक्रम हुनेछ । मंसिर १० गते रामकलेवा गरी विधिवत रूपमा महोत्सव सम्पन्न गरिने जनाइएको छ । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन श्रद्धालुभक्तजनहरु आउन थालेका छन् ।

images
प्रकाशित मिति :मंसिर ५, २०८२ शुक्रवार - १०:३४:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology