चितवन । चितवन इच्छाकामना गाउँपालिका मुग्लिन निवासी चर्चित गायक चन्द्र परियार र गोर्खाकी बहुचर्चित गायिका निर्जला गुरुङको स्वरमा पञ्चेबाजा गीत सार्वजनिक भएको छ । देशकै चर्चित एवं पवित्र धार्मिकस्थल मनकामना माईलाई आधार मानी अहिलेसम्म आधा दर्जन भन्दा बढि विभिन्न गीत निकालिसकेका गायक चन्द्र परियारले पछिल्लो समय पनि मनकामनालाई आधार मानेर ‘मनकामनालाई दश औंला जोडेर ...’ नामक पञ्चेबाजा गीत निर्जला रोधींघर नामक अफिसियल युट्युब च्यानलमा बिहिबार साँझ सार्वजनिक गरिएको हो।
यस अघि पनि गायक परियारले मनकामनालाई फुलैको डोली, मनकामना गोरखै दरबार लगायतका चर्चित गीतहरु मनकामनालाई आधार मानेर निकालि सकेका छन् । पछिल्लो समय सार्वजनिक भएको ‘मनकामनालाइ दस औंला जोडेर...’ पन्चेबाजा गितमा निर्जला गुरुङ र चन्द्र परियारको शब्द तथा चन्द्रपरियारकै संगती रहेको छ ।
यस्तै गीतमा चर्चित नायक तथा मोडल पल शाह र मोडल नारायनी खत्रीको अभिनय रहेको छ भने भिडियोलाई दीप गुरुङले निर्देशन र कोरीयोग्राफी गरेका छन् ।