Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

निर्वाचनका लागि कति वटा दल दर्ता भयो ?

निर्वाचनका लागि कति वटा दल दर्ता भयो ?

इच्छाकामना न्युज

८, मंसिर २०८२
निर्वाचनका लागि कति वटा दल दर्ता भयो ?
images

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अहिलेसम्म ५६ वटा दल दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार आइतबारसम्म दल दर्ता गर्नेको संख्या ५६ पुगेको छ ।

images
images

आइतबार नेपाली कांग्रेस, नेपाल समावेशी पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका लागि नेपाली पार्टी, सचेत नेपाली पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, राष्ट्रिय विकास पार्टी, नेसनल रिपब्लिकन नेपाल र युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टीले दल दर्ता गराएका छन् ।

यस्तै, जय मातृभूमि पार्टी, नेपाल नौलो जनवादी पार्टी, श्रम संस्कृति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, स्वाभिमान पार्टी, जनप्रजातान्त्रिक पार्टी र जनता प्रगतिशिल पार्टी नेपाल पनि फागुन २१ गतेको निर्वाचनका लागि दर्ता भएका छन् ।

मंसिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने दल र मंसिर ७ गतेसम्म राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहने दलले दर्ता गराउनु पर्ने कार्यतालिका छ । राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहने दलले दर्ता गराउनु पर्ने प्रक्रिया आइतबार सकिएको छ ।

प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते र राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ । राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको संख्या १३ पुगेको छ ।

आइतबार नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र तराई मधेश लोकतान्त्रिक पार्टीले दर्ता भएका छन् ।

आयोगमा सूचीकृत दलको संख्या भने १२९ पुगेको छ । पछिल्लो समय १५ नयाँ दल दर्ता भएका हुन् ।

यी सूचीकृत दलहरू निर्वाचनमा भाग लिन पुनः दर्ता हुनुपर्ने कानुनी व्यवस्था छ । संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ मा आयोगमा दर्ता भएका दलले सम्बन्धित निर्वाचनमा भाग लिन पुनः दल दर्ता गराउनुपर्ने उल्लेख छ ।

दल दर्ताका लागि ५ सय जना समर्थक चाहिन्छ । उनीहरू निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्नुपर्छ ।

images
प्रकाशित मिति :मंसिर ८, २०८२ सोमवार - ०९:३३:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology