Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

लायन्स क्लवद्वा इच्छाकामना अस्पताललाई थाइराइड परिक्षण गर्ने मेसिन हस्तान्तरण

लायन्स क्लवद्वा इच्छाकामना अस्पताललाई थाइराइड परिक्षण गर्ने मेसिन हस्तान्तरण

इच्छाकामना न्युज

८, मंसिर २०८२
लायन्स क्लवद्वा इच्छाकामना अस्पताललाई थाइराइड परिक्षण गर्ने मेसिन हस्तान्तरण

कुरिनटार ।  चितवनको इच्छाकमना ४ कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पताललाई थाइराइड, भिटामिन बी र डी  परिक्षण गर्ने इम्युनोएस्से अनालाइजर मेसिन हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ चितवन चौतारीले  आइतबार एक कार्यक्रमकाबिच अस्पताललाई रु १७ लाख मुल्य बराबरको उक्त मेसिन हस्तान्तरण गरिएको हो । 

images

हस्तान्तरण कार्यक्रममा लायन्स  डिस्ट्रिक गभर्नर नवराज सापकोटाले  इच्छाकामना पहाडी दुर्गम भूगोल रहेका कारण यहाँका जनताहरुको  शिक्षा स्वास्थ्य लगायतमा पहुँच कम  भएकोले लायन्सले  सहयोग गरेको बताउनुभयो । लायन्सले  सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारमा पनि डेढ करोडको परियोजना सञ्चालनको तयारी गरिरहेको बताउनुभयो ।आगामी दिनमा इच्छाकामनामा आवश्यक थप सहयोगका कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाउनुभयो । पछि परेको भूगोल र समुदायका लागि लायन्सले  सहयोग गरिरहेको बताउनुभयो । 

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले  लायन्स क्लब चितवन चौतारीको सहयोगले  यहाँको जनताले थप सेवा पाउने अवसर प्रदान भएकोमा धन्यवाद दिनुभयो ।  गाउँपालिकाले इच्छाकामनाको नागरिकको  स्वास्थ्य सेवाका लागि सबैसँग सहकार्य गरिरहेको बताउनुभयो । गाउँपालिकाले १५ शैयाको अस्पताल भवन निर्माण कार्य गरिरहेको बताउनुभयो । भवन निर्माण सम्पन्न भएपछि यहाँका नागरिकको स्वास्थ्य सेवाका लागि थप सहज हुने  बताउनुभयो ।  इच्छाकामना आधारभूत अस्पतालका प्रमुख डा.अभिषेक लिम्बुले  यस अस्पतालले धादिङ र गोरखाका नागरिकले समेत सेवा  प्रदान गर्दै आइरहेको बताउनुभयो । यस थाइराइड परिक्षण मेसिन उपलब्ध भएसगैँ इच्छाकामना र आसपासका गाउँपालिका नागरिकहरुको उपचारमा थप सहयोग मिलेको बताउनुभयो । 

लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष  दीपक बस्नेतको पहलमा लायन्सले उक्त मेसिन सहयोग उलब्ध गराएको हो ।  उहाँले पछिल्लो समय थाइराइडका बिरामीहरुले बढ्दै गएकाले इच्छाकामनाका नागरिकलाई पालिकामै सेवा  उपलब्ध गराउने उदेश्यले आफुले सहयोग लागि पहल गरेको र सबैको सहयोगले सफल भएको बताउनुभयो ।  

यस मेसिन हस्तान्तरणसगैँ गाउँपालिकामा पहिलो पटक थाइराइड सेवा सञ्चालनमा आएको छ ।  थाइराइड परिक्षणका लागि  भरतपुर काठमाडौँ जानु पर्ने झन्झटको अन्त्य भएको छ । 

हस्तानन्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत, वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, स्वास्थ्यकर्मी ,विभिन्न संघसस्थका प्रतिनिधिहरुको उपस्थितिरहेको थियो । 

images
प्रकाशित मिति :मंसिर ८, २०८२ सोमवार - ०९:३८:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology