Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् तनहुँको अध्यक्षमा देवबहादुर गुरुङ चयन

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् तनहुँको अध्यक्षमा देवबहादुर गुरुङ चयन

images

इच्छाकामना न्युज

८, मंसिर २०८२
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् तनहुँको अध्यक्षमा देवबहादुर गुरुङ चयन
images
आँबुखैरेनी, ६ मंसिर । तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद जिल्ला कार्य समिती तनहुँको १६ औं बार्षिक साधारण सभा तथा ५ औं जिल्ला अधिवेशन  शनिबार आँबुखैरेनीमा सम्पन्न भएको छ ।
 
माई छिम्केश्वरी तमु सुधार समाजको भवनमा समितीका अध्यक्ष देव बहादुर तमुको सभापतित्व तथा तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष धनिमान तमुको प्रमुख आतिथ्यतामा समितीको ५ औं अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले आगामी ३ वर्षको लागि निर्वाचनबाट नयाँ कार्य समिती चयन गरिएको छ ।
 
देव बहादुर तमुको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्य समिती चयन गरिएको हो । समितीको उपाध्यक्षद्धोयमा मनराज तमु, आशादेवी तमुस्यो, सचिवमा श्रवण कुमार तमु, सहसचिवमा भुवनसिंह तमु, प्रचार प्रसार सचिवमा कुमार काजी तमु, कोषाध्यक्ष रण बहादुर तमु, सह – कोषाध्यक्षमा प्रतिमा तमुस्यो चयन भएका छन् । यसैगरी, समितीको सदस्यहरुमा लिल बहादुर तमु, होम बहादुर तमु, कृष्ण कुमारी तमुस्यो, ढकल तमु, टार्जन तमु्, कुल प्रसाद तमु, दुर्गा बहादुर तमु, रेशम बहादुर तमु, श्रीकृष्ण तमु, दुर्गा लाल तमु रहेका छन ।
 
अधिवेशनको उद्घाटन सत्रमा तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष धनिमान तमु, उपाध्यक्षद्धोय श्री प्रसाद तमु, मनोज तमु, केन्द्रिय सदस्य तथा गण्डकी प्रदेका अध्यक्ष जित बहादुर तमु, केन्द्रिय सचिवालय सदस्य रग बहादुर तमु, गण्डकी प्रदेका बरिष्ठ उपाध्यक्ष जीवन गुरुङ्ग, तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रिय सल्लाहकार गंगादेवी तमु, भुवन सिंह तमु, तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद जिल्ला महासचिव मिन बहादुर तमु, तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद आँबुखैरेनीका अध्यक्ष पूर्ण बहादुर तमु, खेगी गुरु पृथ तमु, दिपक कोके तमु लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा तमु विद्यार्थी संघका कलाकारहरुले विविध सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

images
प्रकाशित मिति :मंसिर ८, २०८२ सोमवार - १०:११:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology