Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तमू ह्युल छोंज धींद्वारा किरात र ज्यापू समाजसँग संस्थागत असल अभ्यास बारे छलफल

तमू ह्युल छोंज धींद्वारा किरात र ज्यापू समाजसँग संस्थागत असल अभ्यास बारे छलफल

इच्छाकामना न्युज

१३, मंसिर २०८२
तमू ह्युल  छोंज धींद्वारा किरात र ज्यापू समाजसँग संस्थागत असल अभ्यास बारे छलफल

काठमाण्डौ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदले किरात याक्थुङ चुम्लुङ र ज्यापु समाज यलसँग साँगठनिक असल अभ्यास बारे छलफल र अन्तरक्रिया गरेको छ । परिषद्ले केन्द्रीय कार्यसमिति बैठकको पूर्व सन्ध्यामा शुक्रबार एक कार्यक्रमबिच संस्थागत रुपमा एकअर्काको संस्थाले संस्थागत विकासको क्रममा गरेका असल अभ्यासका बारे छलफल र अन्तरक्रिया गरेको हो । 

images

WhatsApp Image 2025-11-28 at 14.08.03_5f066162.jpg

आदिवासी याक्थुम लिम्बुहरुको छाता संगठन किरात याक्थुम चुम्लुङको केन्द्रिय कार्यालय नखिपोट ललितपुरमा पुगेर परिषद्को केन्द्रीय समिति सहित तमूस्यो ह्युल, यवा ह्युल, तमू विद्यार्धी र तमू पत्रकारहरुको समेत सहभागितामा आ–आफ्नो अनुभव (असल अभ्यास) अदान प्रदान गरेको थियो भने सोही दिन बालकुमारी ललितपुरमा अवस्थित ज्यापु समाज यलमा पुगेर उक्त संस्थाले गरेका असल अभ्यास बारे पनि आदानप्रदान गरिएको थियो ।

WhatsApp Image 2025-11-28 at 14.09.05_7baed6d0.jpg

परिषद्को सम्पूर्ण कार्यसमितिले किरात र ज्यापू संग्राहलयको अवलोकन पनि गरेको छ । यस्तो खाले असल अभ्यास आदानप्रदान कार्यक्रमले भविष्यमा नेपालका आदिवासी समुदायहरुबीच सहकार्य गर्ने अवसरलाई बढावा दिने विश्वास गरीएको तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष धनमान गुरुङले बताए ।

images
प्रकाशित मिति :मंसिर १३, २०८२ शनिवार - ११:५१:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology