Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

पोखरामा यःमरी महोत्सव

पोखरामा यःमरी महोत्सव

इच्छाकामना न्युज

१४, मंसिर २०८२
पोखरामा यःमरी महोत्सव
images

पोखरा । पोखरा महानगरपालिका वडा नं.४ को आयोजनामा यःमरी महोत्सव सम्पन्न भएको छ ।

images
images

नेवा मिस पुच: कास्कीको आह्वान तथा कला र संस्कृतिको संरक्षण, स्थानीय पर्यटन प्रवर्द्धन भन्ने नाराका साथ आयोजित महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए ।

सो अवसरमा उनले पोखराको पुरानो वस्तीका रूपमा रहेको रामकृष्णटोल, गणेशटोल, भैरवटोल र विन्ध्यवासिनीसम्मको क्षेत्रलाई सम्पदा क्षेत्रका रूपमा विकास गर्ने गरी योजना अघि बढाइएको बताए।

विकास साझेदार एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा सञ्चालन गर्न लागिएका १५ ओटा दिगो पर्यटन विकासका परियोजनाअन्तर्गत सम्पदा क्षेत्रका रूपमा यस क्षेत्रको विकास गरिने उनले बताए।

पोखरा महानगरपालिका स्थानीय, परम्परागत र मौलिक संस्कृतिको संरक्षणमा प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए।

महोत्सवमा विभिन्न प्रकारका य:मरीका परिकार प्रदर्शनीमा राखिएको थियो भने साँझ सांस्कृतिक कार्यक्रमसमेत गरिएको वडाध्यक्ष देवकृष्ण पराजुलीले बताए ।

नेवारी संस्कृतिमा प्रचलित यःमरी एक विशेष प्रकारको परिकार हो ।

images
प्रकाशित मिति :मंसिर १४, २०८२ आइतवार - ०९:३८:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology