सिमलढाप । चितवनको इच्छाकामना गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा र पोषण सामाग्री वितरण गरिएको छ । ३४ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर बुधबार गाउँपालिकाले वडा नं. ७ मा रहेका पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरि उनीहरुको घरमै पुगेर न्यानो कपडा र पोषण सामाग्री वितरण गरिएको हो ।
पालिकाले न्यानो कपडा अन्तर्गत ब्लाङ्केट, म्याटहरु र पोषण सामाग्री अन्तर्गत हर्लिक्स र अण्डा वितरण गरिएको गाउँपालिका उपाध्यक्ष माया सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाको वडा नं. ७ मा रहेका ९ जना पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई सामाग्री वितरण गरिएको हो ।
यस्तै उनीहरुलाई डाक्टर सहितको स्वास्थ्यकर्मीहरु घरमै पुगेर स्वास्थ्य परीक्षण गरी औषधी समेत वितरण गरिएको उपाध्यक्ष सिलवालले बताउनुभयो ।