Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

स्थापनाको १४ वर्ष पछि इच्छाकामना उद्योग वाणिज्य संघको अधिवेशन, अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

स्थापनाको १४ वर्ष पछि इच्छाकामना उद्योग वाणिज्य संघको अधिवेशन, अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

images

इच्छाकामना न्युज

२०, मंसिर २०८२
स्थापनाको १४ वर्ष पछि इच्छाकामना उद्योग वाणिज्य संघको अधिवेशन, अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
images

मुग्लिन । स्थापनाको झण्डै १४ वर्षपछि बल्ल इच्छाकामना उद्योग वाणिज्य संघको अधिवेशन भएको छ । स्थापनाको लामो समयसम्म अधिवेशन नभएको संघको शनिबार मुग्लिन बजारमा दोस्रो अधिवेशन सम्पन्न भएको हो । 

अधिवेशनले अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । संघको उपाध्यक्षमा मणिरत्न शाक्य, सचिवमा चुडामणिा आले, सह–सचिवमा बिनोद शेरचन र कोषाध्यक्षमा रोहिणी प्रसाद त्रिपाठी  निर्वाचित हुनुभएको छ । सदस्यहरुमा बासु सिलवाल ,बिनोद श्रेष्ठ, बामदेव देवकोटा, बिष्णहरी पोख्रेल, शरद पोख्रेल, मुक्ति कुमार श्रेष्ठ , मीन बहादुर श्रेष्ठ, जुना राजभण्डारी र निर्मला श्रेष्ठ रहनुभएको छ । 

उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष चिरिन्जिबी सुवेदीको प्रमुख आतिथ्य तथा ईच्छाकामना उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण गुभाजुको सभापतित्वमा अधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । 

images
प्रकाशित मिति :मंसिर २०, २०८२ शनिवार - २१:५२:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology