काठमाण्डौ, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माधव–प्रचण्ड समूहको स्थायी कमिटी बैठक आज बस्न लागेको छ । सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सर्वोच्चको हिजोको फैसलापछिको परिस्थतिबारे छलफल हुने बताइएको छ। सर्वोच्चले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्रबचि भएको एकता बदर गरिदिएको छ।
आजको बैठकले अब कानुनी प्रक्रियामा जाने वा नजाने भन्ने निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो । प्रचण्ड–नेपाल समूहले फैसलापछिको अवस्थाबारे हिजै कानुन व्यवसायीसँग छलफल गरेको थियो।