काठमाण्डौ । आसन्न नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा बागमती प्रदेशको पूर्व वनमन्त्री समेत भैसक्नु भएका बागमती प्रदेश सांसद कृष्णप्रसाद सिलवाल केन्द्रीय अनुशासन कमिटिको सदस्यमा निर्वाचित हुनुभएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट निर्वाचनमा होमिनुभएका सिलवालले १८०३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।