Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

मुख्य सडक नै जीर्ण अवस्थामा

मुख्य सडक नै जीर्ण अवस्थामा

मुख्य सडक नै जीर्ण अवस्थामा
images

सुलीकोट (गोरखा)।  गोरखा सदरमुकामनजिकै रहेको गोरखा नगरपालिका–६ स्थित बाल मन्दिर विद्यालको प्रवेशद्वारअगाडिको सडक अत्यन्तै दयनीय अवस्थामा पुगेको छ । गोरखा सदरमुकामबाट प्रसिद्ध गोरखकाली मन्दिर, भीमसेन पार्क, नारेश्वर, बेनीखोला, सिरानचोक, अजिरकोट, भीमसेन थापा गाउँपालिका र आरूघाट गाउँपालिका जाने मुख्य सडक खाल्टाखुल्टीले भरिएको छ । एक वर्ष बितिसक्दासमेत सडक मर्मत नहुनु गोरखावासीका लागि चिन्ताको विषय बनेको छ । 

images
images

यो सडक स्थानीयको आवागमनका लागि मात्र नभई धार्मिक, पर्यटकीय र प्रशासनिक दृष्टिले समेत अत्यन्तै महìवपूर्ण रहेको स्थानीय भक्तराम रानामगरले बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक  सयौँ सवारीसाधन एम्बुलेन्स, विद्यार्थी बोकेका सवारी, तीर्थयात्री तथा सर्वसाधारण हिँड्ने सडकको मर्मत हुन नसक्नु दुःखको कुरा हो ।” 

दैनिक सयौँ सवारीसाधन आवतजावत गर्ने उक्त सडकमा साना खाल्टाखुल्टी मात्र होइन फलामका लामा लामा रड पनि भएकाले सवारीसाधन क्षतिग्रस्त हुनुका साथै दुर्घटनाको जोखिम दिनप्रतिदिन बढ्दै गएको छ । उक्त सडकनजिक रहेका स्थानीयवासीले यो सडकको मर्मत गर्ने जिम्मा कसको हो ? भनी प्रश्न गर्न थालेका छन् । 

सडक डिभिजन कार्यालयको हो कि गोरखा नगरपालिकाको हो वा प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय गोरखाको वा सङ्घीय सरकारको जिम्मेवारी हो त्यो स्पष्ट नहुँदा जनताले दुःख पाएको  स्थानीयको गुनासो छ । 

जनप्रतिनिधिले चुनावका बेला यही सडक देखाएर भोट माग्ने तर जितेपछि सङ्घीय सांसद, प्रदेश सांसद वा नगरपालिकाका प्रमुखले बेवास्ता गर्ने प्रवृत्तिले जनआक्रोश बढ्दै गएको स्थानीय युवा अशोक रानामगरले बताउनुभयो । गोरखा सदरमुकामको महत्वपूर्ण सडक लामो समयसम्म नबाउनु र सम्बन्धित निकाय जिम्मेवारीबाट पन्छिने प्रवृत्ति बढेकाले आगामी निर्वाचनमा यसको जवाफ दिनुपर्ने स्थानीयको भनाइ छ । सवारीसाधनको चापले सडक जीर्ण बन्दै जाँदा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे भएकाले सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको रानामगरले बताउनुभयो । 

गोरखा जस्तो ऐतिहासिक, धार्मिक र प्रशासनिक केन्द्रको मुख्य सडक यसरी उपेक्षित हुनु लाजमर्दो विषय भएकाले पनि सम्बन्धित निकायले तत्काल स्थलगत अनुगमन गरी सडक मर्मतको काम अघि बढाउनुपर्ने स्थानीयको माग छ । 

गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानाले उक्त सडक सङ्घीय र प्रदेश सरकारको बजेटबाट मर्मतसम्भार गर्नुपर्नेमा केही ढिलाइ भएको भन्दै सडक मर्मत र सम्भारका लागि गोरखा नगरपालिका र सडक बोर्ड नेपालको साझेदारीमा यही आर्थिक वर्षमा मर्मत गर्ने निर्णय नगर कार्यपालिकाको बैठकबाट भइसकेको बताउनुभयो । यही वर्षको चैतभित्र सडक मर्मत सम्पन्न हुने उहाँको दाबी छ ।    

images
प्रकाशित मिति :पौष ४, २०८२ शुक्रवार - ०८:५८:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology