Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कटुवा पेस्तोल सहित आँबुखैरेनीबाट एक युवक पक्राउ

कटुवा पेस्तोल सहित आँबुखैरेनीबाट एक युवक पक्राउ

कटुवा पेस्तोल सहित आँबुखैरेनीबाट एक युवक पक्राउ
आँबुखैरेनी । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वीराजमार्ग सडकखण्डबाट प्रहरीले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।
 
जिल्ला प्रहरी कार्यालय तनहुँअन्तर्गत अस्थायी प्रहरी पोस्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरी चेकिङ टोलीले मिति २०८२ साल पुस ४ गते बिहान करिब ३ः१० बजे सवारी साधन तथा यात्रुहरू चेकजाँच गर्ने क्रममा बारा जिल्लाको कलैयाबाट पोखरातर्फ आउँदै गरेको ग २ ख २७५ नम्बरको बसमा सवार एक युवकलाई शंकास्पद अवस्थामा फेला पारेको थियो ।
 
चेकजाँचका क्रममा जिल्ला बारा, सुवर्ण गाउँपालिका–१ निवासी अन्दाजी १९ वर्षीय ओम बाबु प्रसाद यादवले लुकाईछिपाई ल्याएको अवस्थामा छोटो हतियार (कटुवा पेस्तोल) १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
 
हतियारसहित पक्राउ परेका यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :पौष ४, २०८२ शुक्रवार - १२:५९:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology