Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

इच्छाकामनाको उपरदाङगढीमा तोप गोला सहित ऐतिहासिक हतियारको सङ्ग्रहालय निर्माण

इच्छाकामनाको उपरदाङगढीमा तोप गोला सहित ऐतिहासिक हतियारको सङ्ग्रहालय निर्माण

images

इच्छाकामना न्युज

२४, पौष २०८२
इच्छाकामनाको उपरदाङगढीमा तोप गोला सहित ऐतिहासिक हतियारको सङ्ग्रहालय निर्माण
images

उपरदाङगढी । चितवनको इच्छाकामना गाउँपालिका ७ मा रहेको ऐतिहासिक किल्ला उपरदाङगढीमा तोपसहित विभिन्न ऐतिहासिक हतियारहरुको सङ्ग्रहालय  निर्माण गरिएको छ । बुधबार एक कार्यक्रमकाबिच ६ पाउण्डको तोप एक वटा, किटको गोला(क्यान बल) ५० वटा, भरुवा बन्दुक दुर्ई नाल, छालाको ढाल एक वटा, तरबार  दुई वटा, खुकुरी ६ वटा र खुँडा एक वटा राखिएको हो । भरतपुर ब्यारेक नयाँ सबुज दल गणबाट सेनाले बुधबार नै गाउँपालिकालाई ती हतियार हस्तान्तरण गरिएको थियो । उक्त हतियारहरु कोतघरमा राखिएको छ । 

यसैबिच  बुधबार नै कोतघरको उद्घाटन गरिएको छ । नेपाली सेनाको मध्य पृतना हेडक्वटारका पृतनापति उपरथि विष्णु कुमार खड्काले उपरदाङगढीमा निर्माण गरिएको कोतघरको उद्घाटन गर्नुभएको हो । इच्छाकामना गाउँपालिकाको अनुरोधमा नेपाली सेनाले गढीको ऐतिहासिक गरिमा जोगाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन आफ्ना पुराना हतियारहरु उपलब्ध गराएको पृतनापति उपरथि विष्णु कुमार खड्काले बताउनुभयो । साथै कोतघरलाई सङ्ग्राहलय बनाएर हतियारहरु प्रदर्शनमा राखिएपछि इतिहासमा रुचि राख्ने र  पर्यटकका लागि यो गन्तव्य थप आकर्षक बन्ने उहाँको विश्वास छ ।  

सो अवसरमा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले  महत्वपूर्ण इतिहास बोकेको गढी भएकाले  नेपाल सरकार पुरातत्व विभागले यो गढीको संरक्षण गर्नुपर्छ र इतिहासलाई बचाउनुपर्छ भनेर कोतघर निर्माण कार्य सम्पन्न गरेको बताउनुभयो । इतिहासमा भएको मौलिक स्वरुप ,मौलिक संरचना र  मौलिक प्रविधिलालाई नै प्रयोग गरेर पुर्खाहरुले जसरी बनाएको हो सोही अनुसार निर्माण गरिएको बताउनुभयो । यसबाट इच्छाकामनाको दिगो विकासका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली सेनाको तर्फबाट संग्राहलयको स्वरुप प्रदान भएकाले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने उहाँको विश्वास छ ।  गढीको सङग्राहलयलाई संरक्षण गर्न स्थानीय सरकारको भूमिका आवश्य रहनेमा जोड दिनुभयो । गढीको महत्व बारे युवापुस्तालाई जानकारी गराउनुपर्ने उहाँको भनाई छ । 

611221237_4153963704738641_3329545495423261128_n.jpg

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले कोतघर निर्माण र यहाँ तोपसहित ऐतिहासिक हतियारहरुको सङ्ग्रहालय राखेपछि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । यस कार्यमा सहयोग गर्ने पुरातत्व विभाग र नेपाली सेनलाई धन्यवाद दिनुभयो । गाउँपालिकाले यस गढीलाई संरक्षणका लागि आवश्यक कार्यहरुलाई निरन्तरता दिने बताउनुभयो । गाउँपालिकाले इच्छाकामनाको पर्यटन प्रवद्र्धनमा जोड दिएको बताउनुभयो । यहाँ तत्कासिलन समयमा प्रयोग भएका हातहतियारहरु सेनाका  विभिन्न ब्यारेकहरुमा लगिएको र त्यस्ता हतियारहरु खोजी गरि  यहाँ राखिने उहाँको भनाई छ । कोतघरसहित विभिन्न संचरना निर्माण गर्दा  रु. एक करोड ८५ लाख बजेट लागेको उहाँले बताउनुभयो । 

613405019_25366198189727750_9030411080904860278_n.jpg

कार्यक्रममा उपाध्यक्ष माया सिलवाल, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,वडाध्यक्ष बम बहादुर थापा, पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुली लगायतले मन्तव्य राख्नुभएको थियो ।  कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, विभिन्न राजनिति दल, संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहनुभएको थियो । 

612614920_25366197543061148_4660435449297023982_n.jpg

वि.स.२०१६ सम्म उपरदाङगढी चितवनको सदरमुकाम रहेको थियो । पुरातत्व विभागका अनुसार यस क्षेत्रमा तत्कालीन समयमा जिल्लाका सम्पूर्ण सरकारी कार्यालय रहेका थिए  । सामुद्रिक सतहदेखि एक हजार २७५ मिटर उचाइमा रहेको छ ।  मध्याकालिन सेन वंश राज्यको समयमा सुरुवात गरिएको यस गढीलाई  १८८४ तिर व्यवस्थित तरिकाले पुननिर्माण गरिएको पाइन्छ । 

612545706_25366137506400485_8490343382341468994_n.jpg612341887_25366198149727754_4140229294437681497_n.jpg612210856_25366198223061080_5455968653137522082_n.jpg612004446_25366198453061057_3759191719261630487_n.jpg612341887_25366198149727754_4140229294437681497_n.jpg612210856_25366198223061080_5455968653137522082_n.jpg

images
प्रकाशित मिति :पौष २४, २०८२ बिहिवार - १०:१३:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology