Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अन्तराष्ट्रिय श्रमिक महिला दिवस गोरखा बुंकोटमा मनाईयो

अन्तराष्ट्रिय श्रमिक महिला दिवस गोरखा बुंकोटमा मनाईयो

इच्छाकामना न्युज

२४, फाल्गुण २०७७
अन्तराष्ट्रिय  श्रमिक महिला दिवस गोरखा बुंकोटमा मनाईयो

बुंकोट, २४ फागुन । गोरखाको शहिद लखन ७ बुंकोटमा पनि ‘महिला सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ १११ औं अन्तराष्ट्रिय महिला दिवस मनाईएको छ। मार्च ८ का दिन आज शहिदलखन गाउँपालिका वडा नम्बर ७ बुंकोटमा एक औपचारिक कार्यक्रमको आयोजना गरि १११ औं अन्तराष्ट्रिय महिला दिवस मनाईएको हो।

images

आज आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले महिलाहरु अधिकारी प्राप्तिका लागि एक भएर अघि बढ्नुपर्ने बताएकी छन् । अधिकार खोज्दै गर्दा कर्तव्य पनि पूरा गर्नुपर्ने  उनले बताइन् । पुरुषहरुको विरोध गर्दैमा महिलाहरुको अधिकार स्थापित नहुने उनको भनाइ छ ।

शहिदलखन गाउपालिका घैरुङ,गोरखा र रुपान्तरण नेपालका लागि प्रयासको समन्वय तथा आर्थिक सहयोगमा प्रगतिशिल वचत तथा ऋण सहकारी संस्था लि शहिद लखन गापा वडा(७र८ बुङकोटको आयोजनामा १११ औँ अन्तराष्ट्रिय महिला दिवश कार्यक्रम मनाइएको हो ।

कार्यक्रममा अधिवत्ता पवित्रा शर्माले महिला कानुनी अधिकार,प्राबधान हिंसा सबन्धि प्रशिक्षण प्रदान गरेकी थिइन ।  भगवती खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा  प्रमुख अतिथि गाँउपालिका उपाध्यक्ष इन्दिरा तिवारी, बिशिष्ट अतिथी वडा अध्यक्ष शरण श्रेष्ठ, वडा अध्यक्ष काशिनाथ अंगाई अतिथि अधिवक्ता पवित्रा शर्मा लगायतको उपस्थिती रहेको वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - २२:१३:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology