आँबुखैरेनी । तनहुँ उद्योग वाणिज्य संघ अन्तर्गत आँबुखैरेनी बजार इकाई समितिको ३०औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनबाट काजी थापा सभापतिमा निर्वाचित हुनुभएको छ।
निवर्तमान सभापति भगवान श्रेष्ठको अध्यक्षता तथा उद्योग वाणिज्य संघ तनहुँका सभापति बैकुण्ठ मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो।
नव निर्वाचित कार्यसमितिको उपसभापतिमा सुरेन्द्रकुमार श्रेष्ठ, सचिवमा रामकृष्ण श्रेष्ठ, सह–सचिवमा तुलसी पौडेल खनाल, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ र सह–कोषाध्यक्षमा रमेश श्रेष्ठ निर्वाचित हुनुभएको छ।
यसैगरी सदस्यहरूमा ऋषिकेश अधिकारी, दिलीप कोइराला, मनोज श्रेष्ठ, शैलेश बिक, हरिचन्द्र बिक, विनय श्रेष्ठ, शुभलक्ष्मी श्रेष्ठ, रेजिना श्रेष्ठ, प्रमोद वाग्ले र लक्ष्मण श्रेष्ठ रहनुभएको छ। जिल्ला प्रतिनिधिमा वासुदेव पुडासैनी र राजू थापा चयन हुनुभएको छ।
अधिवेशनले नयाँ नेतृत्व चयनसँगै आँबुखैरेनी क्षेत्रको व्यापार–व्यवसाय प्रवर्द्धन तथा संस्थागत विकासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।