Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

भेडेटारमा एम्बुलेन्सबाट ४५९.९६५ किलो गाजा बरामद

भेडेटारमा एम्बुलेन्सबाट ४५९.९६५ किलो गाजा बरामद

इच्छाकामना न्युज

२८, पौष २०८२
भेडेटारमा एम्बुलेन्सबाट ४५९.९६५ किलो गाजा बरामद
images

कविराज घिमिरे, हिले । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटार चोकमा प्रहरीले ठुलो परिमाणमा लागु औषध गाजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ।

images
images

आइतबार साँझ इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट खटिएको प्रहरी टोलीले गाजा सहित एम्बुलेन्स नियन्त्रणमा लिएको हो । धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना. ४ च. ६४७४ नम्बरको एम्बुलेन्सलाई चेकजाँचका लागि रोक्न खोज्दा चालकले नरोकी प्रहरी ब्यारिकेट लडाउँदै फरार भएको थियो । 

प्रहरी टोलीले एम्बुलेन्सलाई पछ्याउँदै भेडेटार गेट नजिक पुग्दा चालकले सवारी साधन छोडी फरार भएको अवस्थामा एम्बुलेन्स नियन्त्रणमा लिइएको हो। एम्बुलेन्सभित्र सेतो बोरामा कालो प्लास्टिकले बेरेर प्याक गरिएको १५ वटा पोका लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनु भयो ।

बरामद गाँजाको तौल ४५९.९६५ किलोग्राम (चार सय उन्सठ्ठी किलोग्राम नौ सय पैसठ्ठी ग्राम) रहेको छ। प्रहरीले गाँजा सहित एम्बुलेन्स नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याई थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनामा संलग्न फरार चालक तथा सवारी धनीको खोजतलास कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

images
प्रकाशित मिति :पौष २८, २०८२ सोमवार - १४:३८:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology