Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

राष्ट्रिय लिग फुटबल आजदेखि शुरू हुँदै

राष्ट्रिय लिग फुटबल आजदेखि शुरू हुँदै

इच्छाकामना न्युज

३०, पौष २०८२
राष्ट्रिय लिग फुटबल आजदेखि शुरू हुँदै

काठमाण्डौ – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि राष्ट्रिय लिग फुटबल शुरू हुँदैछ ।

images

प्रतियोगिताको उद्घाटन खेलमा काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लबले खेल्दैछन् । यो खेल एन्फा कम्प्लेक्स, सातदोबाटो ललितपुरमा बिहान ११ बजे शुरू हुनेछ । राष्ट्रिय लिगमा ए डिभिजनका १३ टोली र एन्फा प्रेसिडेन्ट लिगका चार टोली गरी १७ टोली सहभागी छन् ।

एन्फाले गएको आइतवार सार्वजनिक गरेको खेलतालिका अनुसार आज भगवती क्लब र चर्च ब्वाइज युनाइटेड क्लबबीच पनि खेल हुनेछ । यो खेल दिउँसो ३ बजे शुरू हुनेछ । सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।

राष्ट्रिय लिगका खेलहरू दशरथ रंगशाला, च्यासल रंगशालामा र एन्फा कम्प्लेक्समा हुनेछन् । राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।

images
प्रकाशित मिति :पौष ३०, २०८२ बुधवार - ०९:१०:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology