आँबुखैरेनी, ३ माघ — आँबुखैरेनी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको २३औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ।
अधिवेशनबाट समितिको अध्यक्षमा शालिकराम अधिकारी निर्विरोध निर्वाचित भएका छन्। यस्तै, उपाध्यक्षमा देवीमाया देवकोटा र सचिवमा विमलबाबु रानालाई पनि निर्विरोध निर्वाचित गरिएको छ।
समितिका सदस्यहरूमा प्रकाश श्रेष्ठ, राजेश अधिकारी, गणेश श्रेष्ठ, विष्णु श्रेष्ठ, राजकुमारी भण्डारी र पुष्पा पाण्डे थापा निर्वाचित भएका छन्।
यसैबीच, कोषाध्यक्ष पदका लागि कृष्ण कट्टेल र बासुदेव पुडासैनीबीच सहमति जुट्न नसकेपछि उक्त पद चयनका लागि २४ घण्टाको समय थप गरिएको निर्वाचन समितिले जनाएको छ। सकभर सहमतिका आधारमा कोषाध्यक्ष चयन गरिने समितिको भनाइ छ।