Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

ग्रिनल्याण्ड अमेरिकामा गाभ्ने ट्रम्पको अडान, समर्थन नगरे भन्सार बढाउने चेतावनी

ग्रिनल्याण्ड अमेरिकामा गाभ्ने ट्रम्पको अडान, समर्थन नगरे भन्सार बढाउने चेतावनी

एजेन्सी

४, माघ २०८२
ग्रिनल्याण्ड अमेरिकामा गाभ्ने ट्रम्पको अडान, समर्थन नगरे भन्सार बढाउने चेतावनी
images

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई संयुक्त राज्य अमेरिकाको हिस्सा बनाउने आफ्नो महत्वाकांक्षी योजनामा नयाँ मोड ल्याएका छन् । पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ग्रिनल्याण्ड प्राप्त गर्ने अमेरिकी लक्ष्यमा कुनै पनि राष्ट्रले अवरोध गरेमा वा समर्थन नगरेमा ती देशहरूमाथि अमेरिकाले भारी भन्सार शुल्क लगाउने चेतावनी दिएका हुन् ।

images
images

ट्रम्पले ग्रिनल्याण्डको रणनीतिक भौगोलिक अवस्थिति र त्यहाँ रहेका प्रशस्त प्राकृतिक स्रोतहरू अमेरिकाका लागि अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यसलाई अमेरिकी क्षेत्रमा गाभ्ने चाहना व्यक्त गर्दै आएका छन् । उनका अनुसार ग्रिनल्याण्ड अमेरिकाको राष्ट्रिय सुरक्षा र दीर्घकालीन हितसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो ।

तर डेनमार्क सरकार र ग्रिनल्याण्डका स्थानीय अधिकारीहरूले यस प्रस्तावलाई स्पष्ट रूपमा अस्वीकार गर्दै ग्रिनल्याण्ड बिक्रीका लागि उपलब्ध नभएको दोहोर्‍याएका छन् । उनीहरूले ग्रिनल्याण्डको भविष्य त्यहाँका जनताले नै निर्धारण गर्ने बताउँदै आएका छन् ।

ट्रम्पको पछिल्लो चेतावनीले अन्तर्राष्ट्रिय कूटनीति र विश्व व्यापारिक सम्बन्धमा थप तनाव सिर्जना गर्ने विश्लेषण गरिएको छ । आलोचकहरूले भने व्यापार र भन्सारलाई कूटनीतिक दबाबको साधन बनाउने ट्रम्पको पुरानै शैलीको निरन्तरता भएको टिप्पणी गरेका छन् ।

images
प्रकाशित मिति :माघ ४, २०८२ आइतवार - ०९:०७:२३ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology