इच्छाकामना । आगामी फागुन २१ गते हुने सङ्घीय निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले चितवन क्षेत्र नं. २ बाट प्रताप गुरुङ ‘मौसम’लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टी इच्छाकामना गाउँपालिकाका इन्चार्जसमेत रहेका गुरुङलाई पार्टीले आधिकारिक टिकट प्रदान गरेको हो । पार्टी नेतृत्वले संगठन सुदृढीकरण र क्षेत्रीय जनसमर्थनका आधारमा उनलाई उम्मेदवार चयन गरिएको जनाएको छ ।
निर्वाचन नजिकिँदै जाँदा चितवन–२ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । विभिन्न दलले उम्मेदवार सार्वजनिक गरिरहेका बेला नेकपाको यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।