मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवाललाई पतिशोक परेको छ । उपाध्यक्ष सिलवालका पति चुडामणि सिलवालको आज बिहान करिब ९ बजेतिर निधन भएको हो ।
सिलवाल दम्पत्तीको छोराछोरी विदेश रहेकोले भोली छोरो आईपुगेपछि मात्र दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।