आँबुखैरेनी। तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई समितीका पूर्व सभापति ईश्वरबहादुर के.सी. (बाबुकाजी)को शनिबार असामयिक निधन भएको छ।
उहाँको निधनले आँबुखैरेनीसहित सम्पूर्ण तनहुँ जिल्लाको उद्योग, व्यापार तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको सरोकारवालाहरूले बताएका छन्।
स्वर्गीय केसी उद्योगी–व्यवसायीका हकहित संरक्षण तथा संस्थागत विकासमा सक्रिय रहँदै आउनुभएको थियो। उहाँको नेतृत्वकालमा आँबुखैरेनी बजार इकाई समितीले व्यवसायिक सुदृढीकरण, उद्यमशीलता प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वसम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको थियो।
मृदुभाषी, सहयोगी र मिलनसार स्वभावका केसी सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहनुभएको थियो। उहाँको निधनप्रति विभिन्न संघ–संस्था, व्यवसायी तथा सामाजिक अगुवाहरूले गहिरो शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाईले स्वर्गीय केसीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ।