Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गृह मन्त्रालय भन्छ – प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही

गृह मन्त्रालय भन्छ – प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही

इच्छाकामना न्युज

१६, माघ २०८२
गृह मन्त्रालय भन्छ – प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही
images

काठमाडौँ । गृह मन्त्रालयले प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही हुने स्पष्ट पारेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० को प्रतिकूल हुने गरी प्रमाणपत्र उपलब्ध गराएको पाइएमा कारबाही हुने जनाएको हो । 

images
images

कानून विपरीत काम कारबाही गरे–गराएमा त्यस्ता कामको विवरण नेपाल प्रहरीद्वारा जारी हुने चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख हुने भएकाले वैदेशिक अध्ययन, भ्रमण तथा रोजगारीलगायतका कार्यमा जाँदा यसको प्रत्यक्ष प्रभाव पर्ने मन्त्रालयले जनाएको छ ।


 
त्यस्ता कसूरजन्य कार्यमा संलग्न नहुन, मौजुदा कानूनी व्यवस्था, विधि र प्रक्रियाबमोजिम मात्र काम कारबाही गर्न, गराउन र सोबमोजिम नभएमा भविष्यमा यसको कारणबाट सम्बन्धित व्यक्तिलाई नै प्रतिकूल प्रभाव पर्नसक्ने मन्त्रालयले स्पष्ट पारेको छ ।

images
प्रकाशित मिति :माघ १६, २०८२ शुक्रवार - ०८:३९:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology