Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इभनिङ वाकको बहानामा श्रीमतीलाई भीरबाट हुत्याए, शंकाले निम्त्याएको हत्या

इभनिङ वाकको बहानामा श्रीमतीलाई भीरबाट हुत्याए, शंकाले निम्त्याएको हत्या

इच्छाकामना न्युज

१९, माघ २०८२
इभनिङ वाकको बहानामा श्रीमतीलाई भीरबाट हुत्याए, शंकाले निम्त्याएको हत्या

प्यूठान । प्यूठानको गौमुखी गाउँपालिका-६, लिबाङमा एक १९ वर्षीय युवकले आफ्नै भाइसँग मिलेर श्रीमतीको हत्या गरेका छन् । परपुरुषसँग सम्बन्ध रहेको शंकामा १९ वर्षीय अनिल घर्तीले १७ वर्षीय भाइको सहयोगमा १९ वर्षीया श्रीमती शर्मिलाको योजनाबद्ध हत्या गरेको रहस्य खुलेको हो ।

images

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार गत माघ १६ गते राति ‘इभनिङ वाक’ जाने बहानामा अनिलले शर्मिलालाई घर नजिकैको भीरमा पुर्‍याएका थिए । त्यहाँ पुगेपछि ‘धोकेबाज’ भन्दै रेलिङमा टाउको ठोक्काएर घाइते बनाई उनलाई पहिलोपटक भीरबाट तल खसालिएको थियो । शर्मिला करिब ३० मिटर तल रूखमा अड्किएको देखेपछि दाजुभाइ नै तल ओर्लिएर उनलाई पुनः १५० मिटर मुनि खोल्सामा हुत्याएका थिए ।

घटनालाई भवितव्य देखाउन उनीहरूले भोलिपल्ट बिहान मात्र ‘घाँस काट्न जाँदा भीरमुनि मृत फेला पारेको’ भन्दै परिवार र प्रहरीलाई खबर गरेका थिए । तर, शव फेला परेको स्थान र खसेको प्रकृतिको प्राविधिक विश्लेषण गर्दा प्रहरीलाई शंका लागेपछि अनुसन्धान अघि बढाइएको थियो ।

प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार, ‘शव पुग्नै नसक्ने ठाउँमा फुटबल फालेजस्तै गरी फालिएको अवस्थामा भेटिएपछि शंका उब्जियो । कडा केरकारपछि श्रीमान् अनिलले आफ्नै भाइसँग मिलेर हत्या गरेको स्वीकार गरेका छन् ।’

दुई वर्षअघि प्रेम विवाह गरेका उनीहरूबीच पछिल्लो समय सम्बन्ध चिसिएको थियो । पक्राउ परेका दुवै दाजुभाइविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी ‘कर्तव्य ज्यान’ मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १९, २०८२ सोमवार - ०८:१२:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology