Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

फाइलको खुलासा: नर्वेकी युवराज्ञी पनि थिइन् एपस्टिनसँग सम्बन्धमा

फाइलको खुलासा: नर्वेकी युवराज्ञी पनि थिइन् एपस्टिनसँग सम्बन्धमा

एजेन्सी

२१, माघ २०८२
फाइलको खुलासा: नर्वेकी युवराज्ञी पनि थिइन् एपस्टिनसँग सम्बन्धमा

नर्वेकी युवराज्ञी मेट-मारिट र यौनसम्बन्धी मुद्दामा दोषी अमेरिकी नागरिक जेफ्री एपस्टिनबिच सम्बन्धको खुलासाले विवाद निम्त्याएको छ।

images

अमेरिकाको न्याय विभागले गत जनवरी ३० मा जारी गरेको एपस्टिनसम्बन्धी फाइलमा नर्वेकी युवराज्ञी मेट-मारिटको नाम हजारभन्दा बढी पटक नाम उल्लेख गरिएको छ।

नर्वेबाट प्रकाशन हुने पत्रिका भीजीले लेखेअनुसार, सार्वजनिक फाइलमा सन् २०११ देखि २०१४ सम्म मेट-मारिट र एपस्टिनबिच भएका धेरैवटा इमेल छन्। जसले उनीहरू लामो समयसम्म सम्बन्धमा रहेको खुलासा गरेका छन्। 

एउटा इमेलमा एपस्टिनले मेट-मारिटलाई आफू विवाह गर्न चाहेको र श्रीमतीको खोजीमा पेरिस आएको उल्लेख गरेका छन्।

साथै उनले भनेका छन्, अफेयर र अवैध सम्बन्धका लागि पेरिस राम्रो स्थान भए पनि पत्नीका लागि स्क्यान्डिनेभियाली (नर्वे, स्विडेन र डेनमार्क) महिला बढी असल र वफादार हुन्छन्। 

जवाफमा मेट-मारिटले भनेकी छन्, ‘मलाई अझै विश्वास छैन कि तपाईं साँच्चै श्रीमती खोजिरहनुभएको छ।’

मेट-मारिटको जन्म नर्वेमा भएको थियो। उनी आफैँ स्क्यान्डिनेभियाली महिला हुन्।

 

मेट-मारिटले २००१ मा नर्वेका भावी राजा युवराज हाकोनसँग विवाह गरेकी थिइन्।मेट-मारिटले २००१ मा नर्वेका भावी राजा युवराज हाकोनसँग विवाह गरेकी थिइन्।

 

एउटा इमेलमा मेटले एपस्टिनलाई आकर्षक भनेकी छन्।

नर्वेका सञ्चारमाध्यमका अनुसार, एक निजी इमेलमा मेट-मारिटले एपस्टिनलाई भनेकी छन्, ‘तपाईंका शब्दले मलाई काउकुती लगाउँछन्।’

केही इमेलमा उनले आफूलाई ‘कोमल हृदय’ र ‘प्रिय’ पनि भनेकी छन्।

उक्त कुरा शनिबार सार्वजनिक भएपछि मेट-मारिटले एपस्टिनसँग सम्बन्धका लागि माफी मागेकी छन्।

फाइलहरूमा भएका धेरै इमेलले उनीहरू निकै नजिक भएको देखाउँछन्।

एउटा इमेलले एपस्टिनले बिरामी हुँदा मेट-मारिटलाई फूल पठाएको खुलासा गरेको छ। मेट-मारिटले फूलका लागि उनलाई धन्यवाद दिँदै ‘लभ एमएम (मटे-मारिट)’ भनेर लेखेकी छन्। 

इमेलहरूमा उनीहरू विभिन्न स्थानमा भेट्ने योजना पनि उल्लेख गरिएका छन्। 

कागजातले देखाउँछन्- मेट-मारिटले २०११ र २०१३ को बिच ओस्लो, न्युयोर्क र क्यारिबियनमा एपस्टिनलाई तीनपटक भेटेकी थिइन् र २०१३ मा चार दिन फ्लोरिडामा उनको घरमै बसेकी थिइन्। यद्यपि त्यतिबेला एपस्टिन त्यहाँ थिएनन्।

यी सबै कुरा सन् २००८ मा एपस्टिनलाई नाबालिगलाई वेश्यावृत्तिमा लगाएको घटनामा दोषी ठहर्‍याइएपछि भएका थिए।

सन् २०११ को एउटा इमेलमा मेट-मारिटले एपस्टिनलाई उनीविरुद्ध चलिरहेको मुद्दा गुगलमा खोजेको र यो राम्रो नलागेको उल्लेख गरेकी छन् तर तर उनले सम्पर्क जारी राखिन्। 

शनिबार शाही परिवारले जारी गरेको विज्ञप्तिमा मेट-मारिटले एपस्टिनले आफ्नो स्वार्थ पूर्ति गर्न खोजेकाले सन् २०१४ देखि उनीसँगको सम्पर्क तोडेको बताएकी छन्। 

साथै उनले एपस्टिनबाट पीडितहरूप्रति गहिरो समवेदना र ऐक्यबद्धता व्यक्त गरेकी छन्। 

मेट-मारिटले भनिकी छन्, ‘यसमा म आफैँ दोषी छु। किनभने मैले एपस्टिनको पृष्ठभूमि र आचरणलाई राम्रोसँग बुझ्न सकिनँ।’

 

आफ्ना छोरासँग नर्वेकी युवराज्ञी मेट-मारिटआफ्ना छोरासँग नर्वेकी युवराज्ञी मेट-मारिट

 

यसैबिच मेट-मारिटका छोरा मारियस बोर्ग होइबीविरुद्ध पनि बलात्कार मुद्दा लागेको छ। 

२९ वर्षीय मारियसलाई चार महिलालाई बलात्कार गरेको, लागुऔषध  र अन्यसहित ३८ वटा अभियोग लगाइएको छ। दोषी ठहरिएमा उनले १६ वर्षसम्म जेल बस्नुपर्नेछ। 

हालै अमेरिकाको न्याय विभागले एपस्टिनको सामाजिक र व्यावसायिक सम्बन्धको विवरण दिने ३० लाखभन्दा बढी कागजात जारी गरेको छ। जसमा राजनीति, वित्त र उद्योग क्षेत्रका धेरै जना हस्तीहरूको नाम छ।

यस्तो छ एपस्टिन प्रकरणको पूरा कथा

यो कथा सन् २००५ मा तब सुरु भयो जब फ्लोरिडामा एक १४ वर्षीया बालिकाकी आमाले प्रहरीमा जाहेरी दर्ता गरिन्।

जाहेरीमा उनले भनेकी थिइन्, मेरी छोरीलाई मसाजको बहानामा एपस्टिनको विलासी घरमा बोलाइयो र यौन सम्बन्ध राख्न दबाब दिइयो।

जाहेरीअनुसार घर फर्केपछि पीडित बालिकाले आफ्ना आमा-बाबुलाई यो कुरा सुनाइन्।

जेफ्री एपस्टिनविरुद्ध त्यो पहिलो आधिकारिक जाहेरी थियो।

तर प्रहरीले अनुसन्धान गर्ने क्रममा उनले यो मात्र नभएर यस्तै प्रकृतिका अन्य अपराध पनि गरेको कुरा खुल्यो।

बिस्तारै एपस्टिनविरुद्ध यस्तै आरोप लगाउने ५० जना नाबालिग पहिचान भए।

पामबिच प्रहरी विभागले यो विषयलाई गम्भीरतापूर्वक लिएर धेरै महिनासम्म अनुसन्धान गर्‍यो। यसपछि एपस्टिनविरुद्ध आपराधिक अनुसन्धान सुरु भयो।

अनुसन्धानले म्यानहट्टन र पामबिचमा एपस्टिनका विलासी आवास रहेको खुलासा भयो। जहाँ एपस्टिनले धेरै जना प्रमुख सेलेब्रिटी सहभागी गराई हाई-प्रोफाइल पार्टी आयोजना गर्थे। 

जुन पार्टीमा उनले कलिला किशोरीहरूलाई निजी जेट ‘लोलिता एक्सप्रेस’ चढाएर ल्याउँथे।

अनि पैसा र गहना वा धम्की दिएर उनीहरूलाई जबरजस्ती शारीरिक सम्बन्ध राख्न लगाउँथे। यस कार्यमा उनलाई प्रेमिका एवं पार्टनर गाइजलेन म्याक्सवेलले सहयोग गर्थिन्।  

 

आफ्नी प्रेमिकासँग जेफ्री एपस्टिन (फाइल फोटो)आफ्नी प्रेमिकासँग जेफ्री एपस्टिन (फाइल फोटो)

यद्यपि दोषी ठहरिए पनि उनले लामो समय जेल बस्नु परेन। 

उनको प्रभाव यति थियो कि सन् २००८ मा उनलाई केवल १३ महिनाको सजाय त सुनाइयो यसमा पनि उनी जेल बाहिर काम गर्न पाउँथे।

को थिए जेफ्री एपस्टिन?

जेफ्री एपस्टिन न्युयोर्कका एक करोडपति फाइनान्सर थिए। उनको उठबस प्रमुख राजनीतिकर्मी र सेलेब्रिटीसँग हुन्थ्यो। 

उनीविरुद्ध सुरुमा सन् २००५ मा एक नाबालिगलाई यौन दुर्व्यवहार गरेको आरोप लाग्यो। २००८ मा उनी दोषी ठहरिए र १३ महिना जेल सजाय भोगे।

यसपछि सन् २०१९ मा उनलाई यौन बेचबिखनको आरोपमा फेरि पक्राउ गयो। तर मुद्दा चलाउनुअघि नै उनले जेलमै आत्महत्या गरे।

उनको गर्लफ्रेन्ड म्याक्सवेललाई भने सन् २०२१ मा उनलाई सहयोग गरेको कसुरमा दोषी ठहर्‍याइएको थियो। उनी अहिले २० वर्षको जेल सजाय भोगिरहेकी छन्।

images
प्रकाशित मिति :माघ २१, २०८२ बुधवार - ०९:४०:३५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology