Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इच्छाकामनामा एचपिभि खोप कार्यक्रम सुरु, ३५२ जना किशोरीहरुलाई खोप लगाइने

इच्छाकामनामा एचपिभि खोप कार्यक्रम सुरु, ३५२ जना किशोरीहरुलाई खोप लगाइने

इच्छाकामना न्युज

२९, माघ २०८२
इच्छाकामनामा एचपिभि खोप कार्यक्रम सुरु, ३५२ जना किशोरीहरुलाई खोप लगाइने

कुरिनटार । चितवनको इच्छाकामनामा बुधबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. (H.P.V.) खोप कार्यक्रम सुरु भएको छ ।  गाउँपालिका उपाध्यक्ष माया सिलवालको अध्यक्षता तथा जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेको प्रमुख आतिथ्यमा एक कार्यक्रमकाबिच सर्वशान्ति माध्यमिक विद्यालयमा खोप अभियानको शुभारम्भ गरिएको हो । 

images

प्रमुख अतिथि जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेले यस अभियानलाई सफल बनाउन सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । 

उपाध्यक्ष माया सिलवालले पाठेघरको मुखको क्यान्सर जस्तो गम्भीर रोगबाट किशोरीहरूलाई सुरक्षित राख्ने उद्देश्यले सञ्चालन गरिएको यस खोप कार्यक्रमलाई प्रभावकारी बनाउन अभियानमा जुटेका स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेविकाहरू, विद्यालयका प्रधानाध्यापक लगायत सम्पूर्ण शिक्षकहरूलाई धन्यवाद दिनुभयो । लक्षित बालिका तथा किशोरीहरु खोपबाट वञ्चित  हुन नदिन स्वास्थ्यकर्मी शिक्षक जनप्रतिनिधि समाजका अगुवाहरु चनाखो हुनुपर्ने उहाँको भनाई छ । 

633167068_1404895157994301_8146767219305224867_n1770823493.jpg
फागुन १ गते सम्म चल्ने  अभियानमा ३५२ जना किशोरीहरुलाई खोप लगाइने स्वास्थ्य शाखा इच्छाकामना स्वास्थ्य शाखाका प्रमुख हरि देवकोटाले बताउनुभयो ।उहाँका अनुसार कक्षा ६ मा अध्ययन गर्ने छात्राहरु र विद्यालय नजाने १० बर्ष उमेरका किशोरीहरुलाई खोप लगाइन्छ । साथै गत बर्ष सञ्चालित एच.पि.भि.खोपका लागि निर्धारित लक्षित समूहका छात्रा किशोरीहरु मध्ये खोप लगउन छुटेका हाल कक्षा ७ देखि १० मा अध्ययनरत छात्राहरु र  विद्यालय नजाने ११ देखि १४ बर्ष उमेरका किशोरीहरुलाई समेत खोप लगाइने छ । पालिकाका २४ वटा विद्यालयमा खोप सञ्चालन गरिने छ ।   विद्यालयमा खोप सञ्चालन हुदाँ छुटेकाहरुका लागि अन्तिम दिन फागुन १ गते स्वास्थ्य संस्थामा खोप लगाइने उहाँले जानकारी दिनुभयो । 


गाउँपालिकाले सबै अभिभावक तथा समुदायका सदस्यहरूलाई आफ्ना छोरीहरूलाई अनिवार्य रूपमा खोप लगाई कार्यक्रम सफल बनाउन अनुरोध समेत गरेको छ।

631982497_1404895474660936_4332847320730468923_n1770823781.jpg

images
प्रकाशित मिति :माघ २९, २०८२ बिहिवार - १०:०२:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology