Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

प्रलोपाको समानुपातिक उम्मेद्वार को हुन् दिनेश जोशी ?

प्रलोपाको समानुपातिक उम्मेद्वार को हुन् दिनेश जोशी ?

images

इच्छाकामना न्युज

२, फाल्गुण २०८२
प्रलोपाको समानुपातिक उम्मेद्वार को हुन् दिनेश जोशी ?
images

मनकामना । देश विदेशमै धार्मिक पर्यटकीय स्थलको रुपमा प्रसिद्ध मनकामना माईको पवित्र भूमीमा वि.सं. २०२९ सालमा जन्मिनुभएका दिनेश जोशी सामाजिक व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ । यद्यपी ५३ वर्षीय जोशी वि.सं. २०४७ देखि नै जनमोर्चा नेपाल पार्टीमा आवद्ध भै राजनैतिक यात्रामा हुनुहुन्छ । 

उहाँको राजनैतिक यात्रा २०५९ सालमा नेकपा माओवादी र २०७३ सालदेखि डा. बाबुराम भट्टराई नेतृत्वको नंया शक्ती, पार्टी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी हुदैं हाल प्रगतिशिल लोकतान्त्रिक पार्टीको गण्डकी प्रदेश सदस्य एवं शहिद लखन गाउँपालिका पार्टी इन्चार्ज हुनुहुन्छ । 

स्थानीय समुदाय माझ सामाजिक व्यक्तित्वको रुपमा अझ बढि परिचित जोशी २०५७ मा मनकामना बजार व्यावस्थापन समितीको अध्यक्ष, २०५९ मा स्थापित उद्योग वाणिज्य संघ गोरखा मनकामना बजार इकाइ समिकिो  सस्थापक अध्यक्ष समेत हुन् । 

यसैगरी उहाँले २०६५ सालदेखि २०७२ सालसम्म मनकामना क्षेत्र विकास समितीको अध्यक्षको रुपमा काम गरिसक्नुभएको छ भने २०६८ सालदेखी मनकामना मन्दिर जिर्णोद्दार समितीको सचिवको भुमिकामा हुनुहुन्छ । 

हाल मनकामना खानेपानी  तथा सरसफाई उपभोक्ता समितिको सदस्य र मनकामना फोहोर व्यावस्थापन समितीको अध्यक्षको रुपमा रहनुभएका उनै जोशीलाई प्रगतिशिल लोकतान्त्रिक पार्टीले यहि फागुन २१ गते हुन गैरहेको प्रतिनिधि सभाको निर्वाचनमा आदिवासी जनजातितर्फ तेस्रो नम्बरमा समानुपातिक उम्मेद्वार बनाएको छ । 
सबैसँग मिलनसार र सामाजिक व्यक्तित्वको रुपमा स्थानीय माझ परिचित जोशीले निर्वाचन जितेमा आदिवासी जनजातिको अधिकार र विकाशलाई राष्ट्रिय मुद्दा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन ्। 

images
प्रकाशित मिति :फाल्गुण २, २०८२ शनिवार - ११:२६:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology